सोमबार, श्रावण १८,२०८३ 11:53:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:53:50
Bizshala
Global IME Bank Limited

दशैंको बिदापश्चात खुलेको बजार आज राताम्मे, कारोबार ४.६२ अर्ब मात्रै

दशैंको बिदापश्चात खुलेको बजार आज राताम्मे, कारोबार ४.६२ अर्ब मात्रै
New Office

काठमाण्डौ । दशैंको बिदापछि पहिलोपटक खुलेको सेयरबजारमा आज उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक २.१९ प्रतिशत अर्थात ५८.५५ अंकले घटेर २ हजार ६०४.९६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले घटेर ४५४.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड ३ लाख ४५ हजार ९०३ कित्ता सेयर ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल आज बजार घट्नुमा प्राकृतिक विपत्ती नै मुख्य कारण रहेको बताउँछन् । उनका अनुसार जलविद्युत क्षेत्रमा बढी क्षति भएको समाचार आएका कारण आज बजारमा यही क्षेत्रमा बिक्री दबाब देखियो । यी क्षेत्रमा के कति क्षति भएको सो बिषयमा नियामक निकायले प्रष्ट पारेमा बजार सम्हालिन सक्ने गजुरेलको तर्क रहेको छ ।  

त्यसैगरि आन्दोलनको विषयले पनि बजार घटेको हुन सक्ने उनले आँकलन गरे ।  

यस्तै अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि आज बजार घट्नुमा अस्थिर राजनीतिक अवस्था नै प्रमुख कारण रहेको बताए । ‘पहिले आन्दोलन भए ता पनि सकियो भन्ने थियो । तर पछिल्ला दिनमा फेरि आन्दोलन हुने हल्ला फैलिनुमा उद्योगी तथा लगानीकर्ताहरुमा विश्वास पैदा हुन सकेन,’ उनले भने । केही लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बस्दा पनि आज बजार घटेको उनको विश्लेषण रहेको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात ४.८३ प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह १.३२ प्रतिशत,विकास बैंक २.३८, फाइनान्स १.१२, होटल २.७२, हाईड्रो २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, लघुवित्त १.८७, म्युचुअल फण्ड ०.८८, निर्जीवन बीमा २.०४ र व्यापार समूह १.१७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रो पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ३१ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज १९ करोड ४५ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ६१ लाख, शिवम् सिमेन्टको १२ करोड २३ लाख र सिनर्जी पावरको ११ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज सिक्लेस हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.७२ प्रतिशतले बढ्यो ।

यस्तै थ्रिस्टार हाईड्रोको सेयरमूल्य ६.६० प्रतिशत र सिनर्जी पावरको सेयरमूल्य २.९६ प्रतिशतले बढ्यो ।  

यो दिन भूगोल इनर्जीको लगानीकर्ताले सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज ९.९९ प्रतिशतले खस्कियो । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि ८.५७ प्रतिशत, माथिल्लो मैलुङ खोलाको ७.२१ र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ६.८७ प्रतिशतले घट्यो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.