बुधबार, असार १०,२०८३ 04:05:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:05:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’

Laxmi Sunrise Bank Limited
झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘घट्ने ठाउँ धेरै छैन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा झिनो अंकको बढोत्तरी आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.६३ अंकले बढेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४४३.५६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ हजार ७०५ कित्ता सेयर ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,‘अहिले पुस मसान्तको दबाबका कारण बजरले गति लिन सकेको छैन । बजारमा साना उतारचढाव हुनु सामान्य नै हो ।’

अहिले बैंकको ब्याज तिर्नुपर्ने कारणले बजारले गति लिन नसकेको तर पुसको अन्तिमबाट भने बजारले गति लिनेमा उनी ढुक्क देखिए ।  

विशाल बजार जस्ता ठूला कम्पनीलाई छाड्ने हो भने बजार अहिले पनि २२–२३ सयकै विन्दुमा रहेको उनले बताए । ‘घट्दो ब्याजदर भएका कारण अहिलेपनि सेयर बजारमा लगानी गर्ने उपयुक्त समय नै रहेको छ,’ उनले भने ।  

बजार जानकार सन्ध्या कटुवालले पनि पुस मसान्तका कारण बजारले खासै गति लिन नसेको र घट्न पनि रोकिएको बताइन् । ‘नकारात्मक समाचार पनि विस्तारै हट्न थालेसँगै बजारले अब बिस्तारै गति लिनेछ,’ उनले भनिन् ।  

यसका साथै बजार अब निकै घट्ने ठाउँ समेत नरहेको उनले दाबी गरिन् ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा गिरावट आयो भने अन्य ८ वटा समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक अर्थात २.४० प्रतिशतले बढ्यो । वित्त समूह आज ०.४१, होटल ०.६९, हाईड्रो १.८७, जीवन बीमा ०.३७,उत्पादन तथा प्रशोधन ०.८०,म्युचुअल फण्ड ०.३० र निर्जीवन बीमा समूह ०.७७ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.०३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.१५, लगानी ०.३३,माइक्रोफाइनान्स ०.२१ र अन्य समूह १.८४ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन प्रभु महालक्ष्मी लाइफको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड १७ लाख बढीको कारोबार भयो । न्यादि हाईड्रोको आज २० करोड ७२ लाख,हिमालयन डिष्टिलरीको ११ करोड ८५ लाख,कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज न्यादी हाईड्राीको सेयरमूल्य १० प्रतिशत, सामुदायिक लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक र सुपर मादी हाईड्रोको सेयरमूल्य १० प्रतिशतकहो हाराहारीले बढ्यो ।  

यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ५.०२ प्रतिशतले घट्यो । जानकी फाइनान्सको सेयरमूल्य पनि आज ३.६३ प्रतिशतर नेपाल टेलिकमको सेयरमूल्य ३.२५ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.