शनिबार, फाल्गुन १०,२०८१ 10:08:00
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:08:00
IME remit
Global IME Bank Limited

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन्,‘ नयाँ लगानीकर्ताको प्रवेशले बजार मजबुत नै’

Hyundai Nepal
बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन्,‘ नयाँ लगानीकर्ताको प्रवेशले बजार मजबुत नै’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात २०.४६ अंकले घटेर २ हजार ६६१.०९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८२.१५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘धेरै दिन बढेको बजारमा आज नाफा बुक भएको छ । आज कारोबार पनि १९ अर्ब बढी भएको छ । यसले बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको पुष्टि गरेको छ । मौद्रिक नीतिले बैंकहरुलाई सहज हुने नीति अवलम्बन गरेकाले बैंकिङ समूहले पनि गति लिएको छ । अब आउने बैंकहरुको रिपोर्टले यो क्षेत्रको आगामी यात्रा निर्धारण गर्नेछ ।’

प्राविधिक रुपमा अहिले थर्ड वेभ चलिरहेको र आजको करेक्सन त्यसैभित्रको सानो करेक्सन भएको उनले बताए । यद्यपी बजारमा भोलि पनि करेक्सन आएको खण्डमा थर्ड  वेभ सकिएको मान्न सकिने थापाले दाबी गरे ।  

अर्का बजार जानकार महेश रिजालले पनि नाफा बुकका कारण नै बजारमा गिरावट आएको बताए । ‘अब बजार अधिक करेक्सन भएमा २५ सय विन्दुभन्दा तल जादैन । बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै कारोबार बढ्दै गएकाले बजारलाई सपोर्ट प्राप्त भईरहेको छ । यसरी करेक्सन हुँदै गएको बजार मजबुत हुने गर्छ,’ उनले भने ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबै समूहमा रातो पोतिएको छ । आज वित्त समूह १.८८ प्रतिशत र हाईड्रो समूह ०.८१ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ४.५४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक २.६९ प्रतिशत,होटल ०.२९,लगानी ०.५९,जीवन बीमा १.९७, उत्पादन तथा प्रशोधन १.७३, लघुवित्त ३.७१,म्युचुअल फण्ड ०.६६, निर्जीवन बीमा १.०६ र अन्य समूह ०.०२ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६१ करोड १२ लाख बढीको सेयर कारोबार भएको छ । कुमारी बैंकको आज ५५ करोड २२ लाख,नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख,प्रभु बैंक ३८ करोड १४ लाख र नेपाल फाइनान्स कम्पनीको ३६ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो ।  

मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्य आज ८.५८ प्रतिशत,बाराही हाईड्रोको ८.१६,जानकी फाइनान्सको ६.८० र गणपति लघुवित्तको सेयरमूल्य ६.५६ प्रतिशतले बढ्यो ।  

आज आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.३५ प्रतिशतले घट्यो । यस्तै बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ७.९९ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ६.८६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.