बुधबार, असार १०,२०८३ 04:03:26
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:03:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशिनय लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

Laxmi Sunrise Bank Limited
एशिनय लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.३१ प्रतिशत र निर्जीवन बीमा समूह ३.४८ प्रतिशतले बढेको छ । आज एशियन लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.५१ प्रतिशतले घटेर ४७८ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आज सर्वाधिक कमाउने कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.६४ प्रतिशतले बढेर ४८७.१० रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

यसका साथै हिमालयन एभरेष्टको १.६४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ३.५४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५.४२ प्रतिशत, नेको इन्स्योरेन्सको ३.६४ प्रतिशत, एनएलजीको ३.७६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ५.३३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.११ प्रतिशत, आरबीसीएलको २.६८ प्रतिशत, सलिकोको ३.७४ प्रतिशत, सानिमा जिआइसीको २.४० प्रतिशत, शिखरको ५.२६ प्रतिशत र सिद्धार्थ प्रिमियरको १.१७ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, सिटिजन लाइफको २.८३ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.३४ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.९३ प्रतिशत, हिमालयन लाइफको ३.१५ प्रतिशत, आइएमई लाइफको १.०५ प्रतिशत, एलआइसी नेपालको १.४६ प्रतिशत, नेपाल लाइफको २.४४ प्रतिशत, नेशनल लाइफको २.८२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको ४.२७ प्रतिशत, सूर्यज्योति लाइफको २.६५ प्रतिशत, सन नेपाल लाइफको २.३५ प्रतिशत र सानिमा रिलायन्स लाइफको २.४४ प्रतिशतले सेयरभाउ बढेको छ । 

यता पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ १.७७ प्रतिशतले बढेर ८९० रुपैयाँ र नेपाल रि को सेयरभाउ ३.२२ प्रतिशतले बढेर १५१८ रुपैयाँ पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.