बुधबार, असार १०,२०८३ 04:07:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२५ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

Laxmi Sunrise Bank Limited
२५ बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से घट्दा बीमा समूहका दुईवटै उपसूचक आज घटेको छ । 

जीवन बीमा उपसूचक १.८२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.४२ प्रतिशतले घटेको छ । आज सगरमाथा लुुम्बिनी इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सलिकोको सेयरभाउ अघिल्लो कारोबार दिनकै मूल्य ७०२ रुपैयाँमै कायम भएको छ । आज सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ३.९९ प्रतिशतले घटेर ११८० रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, एनएलजी इन्स्योरेन्सको २.९८ प्रतिशत, सानिमा जिआइसीको २.७७ प्रतिशत, सुर्यज्योति लाइफको २.३८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको २.२२ प्रतिशत, शिखर इन्स्योरेन्सको २.१५ प्रतिशत, आइएमई लाइफको १.८४ प्रतिशत, नेको इन्स्योरेन्सको १.८३ प्रतिशत, आइएमई १.६७ प्रतिशत, हिमालयन लाइफको १.६० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.४१ प्रतिशत र सन नेपाल लाइफको १.३९ प्रतिशतले सेयरभाउ घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन रि इन्स्योरेन्सको १.३७ प्रतिशत, नेशनल लाइफको १.३५ प्रतिशत, युनाइटेड अजोडको १.२५ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२१ प्रतिशत, एशियन लाइफको १.१७ प्रतिशत, सिटिजन लाइफको १.१६ प्रतिशत, नेपाल लाइफको १.१२ प्रतिशत, हिमालयन एभरेष्टको १.०९ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०४ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०३ प्रतिशत, आरबीसीएलको १ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.६२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.