आईतवार, असार १५,२०८२ 09:17:50
  • आईतवार, असार १५,२०८२ 09:17:50
Global IME Bank Limited

लगातार ४ दिन बढ्यो नेप्से,‘ सस्ता र सुरक्षित कम्पनी रोज्दैं लगानीकर्ता’

Hyundai Nepal
लगातार ४ दिन बढ्यो नेप्से,‘ सस्ता र सुरक्षित कम्पनी रोज्दैं लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.५४ अंकले बढेर बढेर २ हजार १३१.४९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३४ प्रतिशतले बढेर ३८२.६७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘लगानीकर्ताले सरकारको नीति तथा कार्यक्रमले अब आउने मौद्रिक नीति लचिलो बन्ने अपेक्षा गर्दा बजारमा सुधार आएको छ । यसका साथै बजारमा संस्थागत लगानीकर्ता पनि बजार प्रवेश गरेको देखिन्छ । बैंकहरुसँग प्रयाप्त तरलता छ तर कर्जा प्रवाह भने त्यहि अनुपातमा प्रवाह हुन सकेको छैन ।’

मौद्रिक नीतिको समीक्षाले बैंकहरुलाई लगानीको बाटो खोलिदिएको र यसले बजारमा सकारात्मक प्रभाव पार्ने रजौरेले बताए । ‘प्राविधिक रुपमा पनि बियरिस ट्रेण्ड सकिएकाले अब बजार माथि नै जान्छ ।’ उनले भने ।  

नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा ब्याजदर घट्दै जाँदा र राष्ट्र बैंकको लचिलो समीक्षाका कारण लगानीकर्ताको मनोबल बढेका कारण बजारमा क्रमिक सुधार आईरहेको छ । ‘दैनिक ५ अर्बको कारोबार हुनुले संस्थागत लगानीकर्ताको बजार छिरेको भन्न सकिन्छ । यसका साथै लगानीकर्ताहरु सस्ता र सुरक्षित कम्पनीमा आकर्षित भएको देखिन्छ । अहिले अल्पकालिन कारोबार गर्नेले भन्दा पनि पर्खनेले बजारबाट अधिक लाभ लिनेछन् ।’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह मात्रै बढे भने अन्य ९ वटा समूहमा भने रातो पोतियो । आज बैंकिङ समूह सबैभन्दा धेरै अर्थात ४.२३ प्रतिशतले बढ्यो । यो दिन विकास बैंक समूह ०.३३,होटल १.९० र म्युचुअल फण्ड ०.३६ प्रतिशतले बढे ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन वित्त समूह सबैभन्दा धेरै अर्थात १.३४ प्रतिशतले घट्यो । हाईड्रो समूह आज ०.८८,लगानी ०.१९,जीवन बीमा ०.५९,उत्पादन तथा प्रशोधन ०.१५,लघुवित्त १.१० निर्जीवन बीमा ०.६०,अन्य ०.६१ र व्यापार समूह ०.०३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २४ करोड ४२ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज पोखरा फाइनान्सको २१ करोड १२ लाख,सिडिईबि हाईड्रोको १७ करोड ५३ लाख र फर्स्ट माईक्रो फाइनान्सको पनि १७ करोड ५३ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज सामुदायिक लघुवित्त र बुद्धभुमी नेपाल हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढ्यो । आज एनएमबी बैंकको सेयरमूल्य ८.४७ प्रतिशत,कृषि विकास बैंकको ७.०७ र नबिल बैंकको सेयरमूल्य ६.५८ प्रतिशतले बढ्यो ।  

आज मानुषी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.०५ प्रतिशतले घट्यो । यो दिन मध्य भोटेकोशीको सेयरमूल्य ६.६४ प्रतिशत,समाज लघुवित्तको ५.३२ र पिपुल्स पावरको सेयरमूल्य ४.८८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.