आईतवार, भाद्र २३,२०८१ 10:41:04
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:41:04
IME remit
Global IME Bank Limited

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

Hyundai Nepal
१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१३ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.१७ प्रतिशतले बृद्धि भएको छ । आज १३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ २.०७ प्रतिशतले बढेर १३८२ रुपैयाँ पुगेको छ ।

यसका साथै दोस्रो बढी कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयरभाउ १.३० प्रतिशलते बृद्धि भई ६८४.८० रुपैयाँ पुगेको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्सको ०.६४ प्रतिशत, आइएमई लाइफको ०.४७ प्रतिशत, आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ०.२९ प्रतिशत, सुर्यज्योति लाइफको ०.२५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२५ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.२१ प्रतिशत, हिमालयन एभरेष्टको ०.१७ प्रतिशत, नेशनल लाइफको ०.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१४ प्रतिशत र शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १३–१३ प्रतिशतका दरले सेयरभाउ बढेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

आज सर्वाधिक गुमाउने तथा सेयरमूल्य घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । कम्पनीको सेयरभाउ १.४५ प्रतिशतले घटेर ५९९.२० रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ०.८९ प्रतिशत, सिटिजन लाइफको ०.७२ प्रतिशत, एशियन लाइफको ०.५१ प्रतिशत, युनाइटेड अजोडको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.३० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.२५ प्रतिशत, हिमालयन लाइफको ०.२४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२३ प्रतिशत, आरबीसीएलको ०.१५ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.०९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०८ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.०५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X