आईतवार, असार १५,२०८२ 09:48:14
  • आईतवार, असार १५,२०८२ 09:48:14
Global IME Bank Limited

वृद्धिका साथ नेप्सेले गर्यो नयाँ वर्षलाई स्वागत, कारोबार र सूचक दुवैमा सुधार

Hyundai Nepal
वृद्धिका साथ नेप्सेले गर्यो नयाँ वर्षलाई स्वागत, कारोबार र सूचक दुवैमा सुधार
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०१  प्रतिशत अर्थात २७.१४ अंकले बढेर २ हजार ६८९.२२ विन्दुमा पुगेको छ ।

आज यो वर्षको पहिलो कारोबार दिन हो । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले बढेर ४५०.५२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर ८ अर्ब ५४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आज अघिल्लो कारोबारको तुलनामा कारोबार बढेको छ । गतै चैत ३१ गते बजारमा ६ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आजको कारोबार हेर्दा बजार घट्न रोकिएको मान्न सकिन्छ । आजको बढोत्तरी नयाँ वर्षको नयाँ उत्साह पनि हो । यद्यपी बजारको आगामी यात्रा भने कम्पनीहरुको तेस्रो त्रैमासिक प्रतिवेदनले निर्धारण गर्नेछ ।’

आज बजार बढ्दा कारोबार बढ्नु सकारात्मक भएको तर बलेफी हाईड्रको मात्रै २ अर्ब माथिको कारोबार हुनुले भने कारोबारमा खासै सुधार भएको मान्न नसकिने उनले बताए ।  

अर्का बजार जानकार विनोद अर्यालले पनि बजारमा करेक्सन सकिएको र बजारमा नयाँ उत्साह देखिएको बताए । चैत मसान्तको प्रभाव सकिएसँगै बजारले अब अप ट्रेण्ड लिएको र घट्नु पर्ने कुनै कारण नरहेको पनि उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज लगानी समूह सर्वाधिक अर्थात २.६३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.५३, विकास बैंक २.४०, फाइनान्स १.६५, होटल २, हाईड्रो १.४७,जीवन बीमा ०.८६, उत्पादन तथा प्रशोधन १.२१,लघुवित्त ०.६१,निर्जीवन बीमा १.०९ र अन्य समूह ०.४७ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह आज अपरिवर्तित रह्यो भने व्यापार समूह भने ०.९७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बलेफी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २ अर्ब १ करोड बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड २३ लाख, राधी विद्युतको ३६ करोड २२ लाख र सिईडिबि होल्डिङको ३२ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक,सप्तकोशी डेभलपमेन्ट बेंक,नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइफो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सुपर मादी हाईड्रोको सेयरमूल्य पनि आज ५.८४ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चरको ५.४७,सामुदायिक लघुवित्तको ५.२२ र हाथवे इ्रन्भेष्टमेन्टको सेयरमूल्य ५.२० प्रतिशतले बढ्यो ।  

बलेफी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो । यस्तै विन नेपाल लघुवित्तको ६.२५ प्रतिशत र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ३.७१ प्रतिशतले घट्यो ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.