काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमाा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ । आज ९ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.३० प्रतिशतले बढेर ८५१.३१ रपैयाँ पुगेको छ ।
त्यस्तै, आरबीसीएलको ०.२१ प्रतिशत, शिखरको ०.०७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०६ प्रतिशत, एशियन लाइफको ०.०५ प्रतिशत, हिमालयन लाइफको ०.६४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०९ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.७६ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.२५ प्रतिशतले घटेर ६०२.८९ रुपैयाँ कायम भएको छ ।
यसका साथै हिमालयन एभरेष्टको ०.६१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.११ प्रतिशत, एनएलजीको २.२१ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.९६ प्रतिशत, सलिकोको १.४२ प्रतिशत र सानिमा जिआइसीको १.९१ प्रतिशतले घटेको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.८१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.९१ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.३६ प्रतिशत, आइएमई लाइफको ०.८९ प्रतिशत, एलआइसी नेपालको ०.५६ प्रतिशत, नेपाल लाइफको ०.२१ प्रतिशत, नेशनल लाइफको ०.७६ प्रतिशत, सूर्यज्योति लाइफको १.०२ प्रतिशत, सन नेपाल लाइफको ०.७३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.११ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ०.९९ प्रतिशतले घटेको छ ।