सोमबार, कार्तिक २,२०८३ 04:34:07
  • सोमबार, कार्तिक २,२०८३ 04:34:07
Global IME Bank Limited

लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने सुधार

Bizshala
लगातार ३ दिन घट्यो नेप्से, कारोबारमा भने सुधार
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १८.०२ अंकले घटेर २ हजार ७३९.९५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६४ प्रतिशतले बढेर ४७१.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार अघिल्लो कारोबार दिनको तुलनामा भने बढी हो । गत बिहिबार ५ अर्ब २ करोड बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,  ‘पछिल्लो समय लगातार बजार घटेका कारण सेयर कर्जाको २५ करोडको सीमा हटाउनु पर्ने आवश्यक देखिएको छ । लगानीकर्ता निष्क्रीय भएका कारण बजारमा आक्रामक सेयर खरिद हुन सकेको छैन ।’

भोल्युम पनि घट्दै गएका कारण भने बजार छिट्टै सम्हालिन सक्ने विश्वास उनले व्यक्त गरे ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले ३ हजारको विन्दुमा बजार प्रवेश गरेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका कारण बजारमा बिक्री दबाब देखिएको बताए । ‘यतिबेला बजारबाटै गुजारा चलाउनेले बिक्री दबाब दिईरहेका छन् । जसका कारण लगानीकर्ताको मनोबल बढ्न सकेको छैन ।’

उनले बजारमा दशैंअघि बाउन्स ब्याक हुने सेन्टिमेन्ट व्याप्त रहेको समेत दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह मात्रै बढ्यो । यो समूह आज ०.०४ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात १.६७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.८० प्रतिशत, फाइनान्स ०.६१, होटल ०.४३, हाईड्रो १.०८, लगानी ०.७३, जीवन बीमा ०.४४, लघुवित्त ०.१७, म्युचुअल फण्ड ०.०६, निर्जीवन बीमा ०.६२, अन्य ०.०२ र व्यापार समूह ०.३१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन डिष्ट्रिलरीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ७५ करोड ७९ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २४ करोड ४७ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ३५ लाख, बुटवल पावरको १३ करोड ७३ लाख र शिवम् सिमन्ेटको १२ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य पनि आज ४.७४ प्रतिशत, हिमालयन डिष्ट्रिलरीको ३.६० र अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य २.३५ प्रतिशतले बढ्यो ।  

यो दिन सर्वाधिक गुमाउने कम्पनीको रुपमा भने नारायणी डेभलपमेन्ट बैंक रह्यो । यो कम्पनीको सेयरमूल्य आज ७.२९ प्रतिशतले घट्यो । पियोर इनर्जीको सेयरमूल्य पनि आज ४.३५ प्रतिशत, सान्भी इनर्जीको ३.९८ र राँवा इनर्जीको सेयरमूल्य ३.८५ प्रतिशतले ओरालो लाग्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.