शनिबार, माघ १७,२०८२ 08:28:30
Bizshala
  • शनिबार, माघ १७,२०८२ 08:28:30
Bizshala
Global IME Bank Limited
Bizshala

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.६० प्रतिशतले घटेको छ । आज ६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२७ प्रतिशतले बढेर ४७९.९० रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल लाइफको ०.१० प्रतिशत, नेशनल लाइफको ०.२२ प्रतिशत, सन नेपाल लाइफको ०.८५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१८ प्रतिशत र एनएलजीको ०.०९ प्रतिशतले बढेको छ । 

Bizshala
Garima Development Bank
New Office

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.४४ प्रतिशतले घटेर १७१५ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, हिमालयन एभरेष्टको ०.२० प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.३६ प्रतिशत, सलिकोको १.३२ प्रतिशत, शिखरको ०.९५ प्रतिशत, आरबीसीएलको १.३७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२१ प्रतिशत, युनाइटेड अजोडको ०.४४ प्रतिशत, हिमालयन रि को १.३० प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२४ प्रतिशतले घटेको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ०.३४ प्रतिशत, आइएमई लाइफको ०.२५ प्रतिशत, एलआइसी नेपालको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०५ प्रतिशत र सूर्यज्योति लाइफको ०.२२ प्रतिशतले घटेको छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.