शनिबार, मंसिर ६,२०८२ 10:25:10
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 10:25:10
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार भने बढ्यो

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार भने बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५५ अंकले घटेर २ हजार ७१९.७७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४६९.८३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ५ अर्ब १४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ४ अर्ब ७२ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्,  ‘आधारभूत रुपमा बजार घट्नु पर्ने कुनैपनि कारण छैन । सबै विषय सकारात्मक नै छन् । प्राविधिक रुपमा पनि बजार सपोर्ट लेभलमा आएको छ । २६८० विन्दु भन्दा तल बजार नजाने सुनिन्छ । यस कारण पनि आज बजार सम्हालिएको हो ।’

अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्,‘पछिल्लो अवस्थामा ब्रोकरहरुले साधारण सभा गर्नुपर्ने, बोनस दिनुपर्ने जस्ता कारणले उधारो टाइट भएको छ । यही कारणले बजारमा बिक्री दबाब देखिएको छ । बजारमा चाडपर्वको दबाब पनि परेको छ । केही अल्पकालिन लगानीकर्ता समेत बजारबाट बाहिरिएका छन् । ’

CG Motors
New Office
Garima Development Bank

यद्यपी बेच्नेहरु पछि हटेका कारण आज बजार भने केही सम्हालिन खोजेको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बढ्यो भने ११ वटा समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात ०ं५८ प्रतिशतले बढ्यो ।  

यस्तै म्युचुअल फण्ड समूह ०.१३ प्रतिशतले बढ्यो ।  

होटल समूह आज सर्वाधिक अर्थात ०.६५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३१ प्रतिशत, विकास बैंक ०.३८, फाइनान्स ०.३७, हाईड्रो ०.०२, लगानी ०.३१, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.१९, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१० र अन्य समूह ०.५० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड ३५ लाख बढीको सेयर कारोबार भयो । विन्ध्यवासिनी हाईड्रोपावरको पनि आज १९ करोड, हिमालयन रि इन्स्योरेन्सको १७ करोड ५८ लाख, युनियन हाईड्रोपावरको १७ करोड ५८ लाख र हिमालयन डिष्ट्रिलरीको १५ करोड ७१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज हिमस्टार उर्जाको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो । यस्तै विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य ६.०७ प्रतिशत, माथिल्लो मैलुङ खोला जलविद्युतको ६.०५ र उपकार लघुवित्तको सेयरमूल्य ५.०९ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.८३ प्रतिशतले घट्यो । पिपुल्स पावरको सेयरमूल्य पनि आज ३.४५ प्रतिशत र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ३.४५ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.