मंगलवार, आश्विन ६,२०८३ 04:43:03
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 04:43:03
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य बढोत्तरी, जानकार भन्छन् -बजार फेस्टिभ मुडमा देखियो

नेप्सेमा सामान्य बढोत्तरी, जानकार भन्छन् -बजार फेस्टिभ मुडमा देखियो
New Office

काठमाण्डौ । मंगलबारको कारोबारमा सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२६ प्रतिशत अर्थात ७.०६ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४७३.७९ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३५्६ वटा स्क्रिप्टको २ करोड १५ लाख ८९ हजार ७६१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ ।  

आजको बजारबारे बजार जानकार सरोज भट्टराईले सेयरबजार सुधारका लागि धेरै सकारात्मक आधार बने पनि चाडपर्वको माहोलका कारण तत्काल बजारमा ठूलो उछाल आउन नसकेको बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनका अनुसार पूँजीगत लाभकरमा गरिएको भारी कटौतीको सकारात्मक प्रभावले आज बजार सामान्य अंकले बढे पनि अहिले अधिकांश लगानीकर्ता ‘फेस्टिभ मुड’मा रहेकाले कारोबारमा अपेक्षित सक्रियता देखिएको छैन।

‘सेयरबजार सुधार्न धेरै सकारात्मक कुराहरू छन्, तर अहिले फेस्टिभ मुड भएका कारण बजार खासै बढ्न सकेको छैन,’ उनले भने, ‘पूँजीगत लाभकरमा भारी छुट भएकै कारण आज बजार सामान्य बढेको छ। तर विगतका वर्षहरूमा पनि यो सिजनमा बजार खासै नबढ्ने गरेको देखिन्छ।’

भट्टराईका अनुसार चाडपर्वको समयमा सेयरबजारसँगै आफ्नै व्यवसायमा संलग्न व्यवसायीहरू पूँजीबजारभन्दा आफ्नो मुख्य व्यवसायमा बढी सक्रिय हुने गर्छन्। यसले बजारमा आउने रकम र कारोबार सक्रियता दुवैमा असर पार्ने गरेको उनको भनाइ छ।

उनले बजारमा अहिले पनि ठूलो रकमको अभाव रहेको उल्लेख गर्दै लगानीकर्ता पूँजीबजारभन्दा अन्य क्षेत्रमा बढी सक्रिय रहेको बताए।

‘अब पूँजीबजारले कस्तो लय समात्छ भन्ने कुरा मास इन्ट्री कहिले हुन्छ भन्नेमा निर्भर हुन्छ,’ उनले भने, ‘सरकारले पूँजीबजार सुधारका लागि ल्याएका नीतिहरू कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भन्ने कुराले पनि बजारको भविष्य निर्धारण गर्छ।’

उनको आकलनमा दशैंअघि बजार ठूलो दिशातर्फ नलागी सानो–सानो अंकको उतारचढावमै सीमित हुन सक्छ। तर सरकारले पूँजीगत लाभकर घटाएको प्रभाव चाडपर्वपछि बढी स्पष्ट रूपमा देखिन सक्ने उनको भनाइ छ।

‘दशैंअघि बजार यस्तै सानो अंकले घटबढ हुन सक्छ,’ उनले भने, ‘तर सीजीटी घटाएको प्रभाव चाडपर्वपछि देखिन सक्छ।’

भट्टराईले अहिलेको बजार दीर्घकालीन सोच भएका लगानीकर्ताका लागि भने अवसर बन्न सक्ने बताएका छन्। विशेषगरी आधारभूत रूपमा राम्रा कम्पनी छनोट गरेर लाभांश लिँदै केही वर्ष होल्ड गर्न सक्ने लगानीकर्ताका लागि अहिलेको अवस्था ‘गोल्डेन अवसर’ हुन सक्ने उनको भनाइ छ।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज अन्य समूह सर्वाधिक बढ्यो। यो समूह आज १.३६ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३५, विकास बैंक ०.४३ प्रतिशत, होटल ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, र घुवित्त ०.४८ प्रतिशतले बढ्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज हाथवे इन्भेष्टमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४४ करोड ४० लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन डिष्टिलरीको ४० करोड ३६ लाख, घलेम्दी हाईड्रोको २२ करोड १५ लाख र लिबर्टी इनर्जीको १९ करोड ९९ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका मध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लााग्यो । आज मिड सोलु हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै फस्र्ट माइक्रोफाइनान्सको  सेयरमूल्य ७.७५ प्रतिशत, मैलुङ खोला जलविद्युतको ५.६३ र माण्डु हाईड्रोको सेयरमूल्य ५.४३ प्रतिशतले बढ्यो ।

यो दिन स्नो रिभर्सको सेयरमूल्य सर्वाधिक अर्थात ८.२३ प्रतिशतले घट्यो । यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.९६ प्रतिशत र बोटलर्स नेपाल(बालाजु(को सेयरमूल्य ६.७५ प्रतिशतले घट्यो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.