बिहीबार, बैशाख ३१,२०८३ 07:14:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:14:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक

Laxmi Sunrise Bank Limited
१३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा दुई लघुबीमक
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.४४ अंकले घटेर २६६६.६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७१ प्रतिशतले बढेको छ । आज १३ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले ९.९९ प्रतिशतले बढेर ३३२.५० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, गार्डियन माइक्रो लाइफको ३.०३ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.२५ प्रतिशत, आरबीसीएलको १.३७ प्रतिशत, शिखरको १.२६ प्रतिशत, एनएलजीको १.२० प्रतिशत, सगरमाथा लुम्बिनीको १.०७ प्रतिशत, नेशनल लाइफको ०.७१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६४ प्रतिशत, हिमालयन लाइफको ०.६२ प्रतिशत, सानिमा जिआइसीको ०.२८ प्रतिशत, आइएमई लाइफको ०.२७ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.६० प्रतिशतले घटेर ५२८.५३ रुपैयाँ कायम भएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको १.४७ प्रतिशत, युनाइटेड अजोडको १.४१ प्रतिशत, एशियन लाइफको १.२८ प्रतिशत, नेपाल रि को ०.९० प्रतिशत, नेको इन्स्योरेन्सको ०.७७ प्रतिशत, एलआइसी नेपालको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.४४ प्रतिशत, हिमालयन रि को ०.३८ प्रतिशत, नेपाल लाइफको ०.३७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३६ प्रतिशत, आरबीसीएलको ०.२१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत र सुर्यज्योति लाइफको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.