सोमबार, कार्तिक २,२०८३ 04:28:15
  • सोमबार, कार्तिक २,२०८३ 04:28:15
Global IME Bank Limited

नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’

Bizshala
नेप्सेमा ५० अंकको गिरावट, ‘तीव्र नाफा बुक गर्दै लगानीकर्ता’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.८८ प्रतिशत अर्थात ५०.५३ अंकले घटेर २ हजार ६३७.७९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६४ प्रतिशतले घटेर ४६८.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,  ‘यो साता पनि दुई दिन सार्वजनिक बिदा परेका छ । त्यसैले सेयर रोटेशन हुन नपाउने आँकलनका कारण बजारमा बिक्री दबाब परेको देखिन्छ । चाडपर्व पनि नजिकिएकाले लगानीकर्ताले खर्च जोहो गर्न सेयर बिक्री गर्ने भएकाले समेत दशैंअघि बजारबाट त्यति ठूलो आश गर्न सकिदैन,’उनले भने ।  

यद्यपी दशैंअघि केही दिन भने बजार बढ्न तर दशैं खर्च निस्कने गरी भने नबढ्ने उनले अनुमान गरे ।  

अर्का बजार जानकार अर्जुन थापाले लगानीकर्तामा बजारप्रति विश्वास नभएका कारण र छिटो–छिटो नाफा बुक हुँदा बजार घटेको छ । ‘असोज मसान्तको ब्याज र दशैं खर्चको दबाबले गर्दा बजारमा ठूलो अंकको करेक्सन देखिएको छ । यद्यपी ब्याज घट्दो क्रममा रहेका कारण दीर्घकालमा भने बजार बुलिस नै रहने देखिन्छ,’ थापाले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहममा रातो पोतिएको छ । आज होटल समूहमा सर्वाधिक गिरावट आएको छ । यो समूह आज ३.६८ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक २.५१,वित्त ३.५३,हाईड्रो १.४८,लगानी २ं८०,जीवन बीमा २.७४,उत्पादन तथा प्रशोधन १.७९,लघुवित्त १.८८,म्युचुअल फण्ड ०.६१,निर्जीवन बीमा २.१६,अन्य २.२३ र व्यापार समूह ०.९० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ६४ करोड ३८ लाख बढीको सेयर कारोबार भयो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको आज ३५ करोड २८ लाख बढीको, हिमालयन रिको २८ करोड ३० लाख,अपि पावरको २५ करोड ४३ लाख र सिंगटी हाईड्रोको २४ करोड ४१ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज रिभर फल्स पावर, हिमालयन हाईड्रोपावर,राँवा इनर्जी र इष्टर्न हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन तेह्रथुम पावरको सेयरमूल्य ८.८३ प्रतिशत,बलेफि हाईड्रोको ७.६० र भिजन लुम्बिनी उर्जाको सेयरमूल्य ६.६१ प्रतिशतले बढ्यो ।  

थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । ग्रिनलाइफ हाईड्रोको सेयरमूल्य ९.४० प्रतिशतले घटेको आज सिईडिबी हाईड्रोको ९.१५ र इमिर्जङ नेपालको सेयरमूल्य ७.१२ प्रतिशतले घट्यो ।        

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.