काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड ११ करोड १० लाख ६१९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.९२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.७४ प्रतिशतले घटेको छ । आज ११ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ८५८.२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ६.४३ प्रतिशत, सन नेपाल लाइफको १.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.८३ प्रतिशत, हिमालयन रि को ०.८१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३२ प्रतिशत, आरबीसीएलको ०.२५ प्रतिशत, आइएमई लाइफको ०.१९ प्रतिशत, शिखरको ०.१२ प्रतिशत, नेशनल लाइफको ०.०८ प्रतिशत र सलिकोको ०.०३ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने एनएलजी इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ ४.४८ प्रतिशतले घटेर ९६० रुपैयाँ कायम भएको छ । यसका साथै रिलायबल नेपाल लाइफको २.६१ प्रतिशत, सिटिजन लाइफको २.१४ प्रतिशत, नेपाल लाइफको १.९९ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.९८ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.९२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.६८ प्रतिशत, हिमालयन लाइफको १.२८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.२१ प्रतिशत, प्रभुको १.०७ प्रतिशत, एलआइसी नेपालको ०.९१ प्रतिशत, एशियन लाइफको ०.७१ प्रतिशत, सानिमा जिआइसीको ०.७१ प्रतिशत, हिमालयन एभरेष्टको ०.४७ प्रतिशत र युनाइटेड अजोडको ०.३३ प्रतिशतले सेयरभाउ घटेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (129).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                