काठमाण्डौ । मंगलबारको कारोबारका दिन सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.३४ अंकले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५५ प्रतिशतले घटेर ४६१.०९ विन्दुमा सीमित बनेको छ ।
आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ७ करोड ३५ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ५ अर्ब ५२ करोड ५५ लाख बढीको सेयर कारोबार भएको थियो ।
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटै समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह मात्रै बढ्यो । यो समूह आज ०.४१ प्रतिशतले बढ्यो ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५९, विकास बैंक ०.५९, फाइनान्स ०.४१, होटल ०.८४, हाईड्रो ०.९२, लगानी ०.८३, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.४०, लघुवित्त ०.३९, निर्जीवन बीमा ०.५७ र अन्य ०.९७ प्रतिशतले घट्यो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजार लगातार घटेर ‘बटम प्वइन्ट’मा पुगिसकेको । अहिले सेयर लगानीकर्ताहरुले सरकारको पोलिसीसँग लगानीमा सेक्युअर फिल गर्न सकिरहेका छैनन् । बजारमा बाइङ भन्दा पनि सेलिङ प्रेसर देखिएकाले बजार सस्टेन हुन सकेको छैन । लगानीकर्ताहरुले बजार बढ्छ भन्ने सम्भावना नदेखेका कारण नै बजारमा थप लगानी गर्न खोजेका छैनन् । अहिलेको अवस्थामा बजारमा लगानी गर्न सुरक्षित नहुने लगानीकर्ताहरुले अनुभूति गर्न थालेका छन् ।’
उनले थपे, ‘लगानीकर्ताहरुले आफुसँग भएको पैसा बैंकमै राखेका छन्, जसकारण बजारमा पैसा आउन सकेको छैन । अब बजार घटेर तल्लो विन्दुमा आइसकेको छ, यो भन्दा तल घट्ने ठाउँ त छैन तर ठूलो अंकले माथि जाने सम्भावना पनि देखिदैन । यदि लगानीकर्ताहरुले सरकारसँग सेक्युअर फिल गर्न थाले भने बजार एकदुई सय अंक माथि जाला नत्र बजार साइडवेजमै चल्न सक्ने देखिन्छ ।’
सर्वाधिक कारोबार हुने कम्पनी
आज कृषि विकास बैंक बोण्डको सर्वाधिक कारोबार भयो । यो बोण्डको आज ५० करोड ६८ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाईड्रोको ३९ करोड १४ लाख, खानीखोला हाईड्रोको २५ करोड २६ लाख, रिलायन्स स्पिीनिङ मिल्सको १६ करोड ७८ लाख र युनाइटेड मोदी हाईड्रोको १६ करोड ४७ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र र सवोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै मनकामना इन्जिनीयरिङको सेयरमूल्य ४.७८ प्रतिशत र माथिल्लो मैलुङखोलाको ३.६४ प्रतिशतले बढ्यो ।
यो दिन सगरमाथा जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात १०.६३ प्रतिशतले घट्यो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।