सोमबार, कार्तिक २,२०८३ 04:33:47
  • सोमबार, कार्तिक २,२०८३ 04:33:47
Global IME Bank Limited

लयमा फर्कदै सेयर बजार, जानकार भन्छन्,‘ पुस मसान्तको दबाब अन्त्य हुँदै’

Bizshala
लयमा फर्कदै सेयर बजार, जानकार भन्छन्,‘ पुस मसान्तको दबाब अन्त्य हुँदै’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.८९ प्रतिशत अर्थात ४९.१२ अंकले बढेर २ हजार ६४०.६८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५१ प्रतिशतले बढेर ४४९.५९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आजको बढोत्तरीलाई पुस मसान्तको दबाब अन्त्य भएको भन्न सकिन्छ । केही दिन भोल्यमु ड्राई अप भएर आज बजारले गति लिएको छ । यसले कारोबारी र लगानीकर्तामा दुवैमा आत्मविश्वास बढेको मान्न सकिन्छ ।’

प्राविधिक रुपमा पनि अबको बजारमा २८ सय विन्दुसम्म टार्गेट राख्न सकिने उनले बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले पनि बजारमा पुस मसान्तको दबाब सकिएको,नयाँ गभर्नर आउने समय नजिकिएको र नकारात्मक समाचारको प्रभाव पनि कम हुँदै गएकाले माघ महिनाभित्र बजार ३ हजार विन्दुसम्म पु्ग्न सक्ने बताए ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज हाईड्रो समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ३.५५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.०९ प्रतिशत, विकास बैंक २.४६, वित्त १.१९, होटल २.९९,लगानी ३.२३,जीवन बीमा २.२९,उत्पादन तथा प्रशोधन समूह १.८९,लघुवित्त ०.७५,म्युचुअल फण्ड ०.६५,निर्जीवन बीमा १.०४,अन्य १.७६ र व्यापार समूह ०.४६ प्रतिशतले बढ्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ९ लाख बढीको कारोबार भयो । साहस उर्जाको पनि आज १३ करोड ६५ लाख,पिपुल्स हाईड्रोको १३ करोड५८ लाख,दोल्ती पावरको १२ करोड २ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त र सुपर मादी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । साहस उर्जाको सेयरमूल्य पनि आज ८.७१ प्रतिशत,माया खोला हाईड्रोको ८.५९ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२५ प्रतिशतले बढ्यो ।  

उपकार लघुवित्त र सामुदायिक लघुवित्तको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.