आईतवार, असार १५,२०८२ 09:13:51
  • आईतवार, असार १५,२०८२ 09:13:51
Global IME Bank Limited

२५ सय विन्दुबाट तल झर्यो नेप्से, फाइनान्स समूहमा सर्वाधिक गिरावट

Hyundai Nepal
२५ सय विन्दुबाट तल झर्यो नेप्से, फाइनान्स समूहमा सर्वाधिक गिरावट
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५८.९३ अंकले घटेर २ हजार ४७०.३९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०९ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,  ‘अहिले बजार घट्नु पर्ने कुनै पनि विशेष कारण छैन । बजार ३ हजार विन्दुमा पुग्दा जस्तै अहिले पनि बजारका लागि सकारात्मक माहोल नै छ । यद्यपी बजार बिना कारण घटिरहेको छ । अहिले घाटामा सेयर बेच्नु पर्ने कुनै कारण छैन ।’

फुल्लेलले बजार पुनः बढ्ने र होल्ड गर्नेले अन्तिममा जित्ने बताए ।  

अर्का बजार जानकार अर्जुन थापाले सेयर बजारमा कार्टेलिङ भएको आरोप लगाए । ‘नेपाल सरकारले लगानीकर्ताको मनोबल बढाउन ठोस काम गर्नुपर्ने देखिन्छ । अहिले दशैंको प्रभाव समेत बजारमा देख्न सकिन्छ ’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ४.६० प्रतिशतले घट्यो । यस्तै आज बैंकिङ समूह २ प्रतिशत, विकास बैंक ३.०३,होटल २.६६,हाईड्रो २.८०,लगानी २.९८,जीवन बीमा १.२२,उत्पादन तथा प्रशोधन १.९५,लघुवित्त २.३८,म्युचुअल फण्ड ०.४४,निर्जीवन बीमा १.३९,अन्य २.७९ र व्यापार समूह २.०७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १८ करोड ४१ लाख बढीको सेयर कारोबार भयो । सानिमा रिलायन्सको आज १७ करोड ५९ लाख,हिमालयन रि इन्स्योरेन्सको १४ करोड ६५ लाख,अपि पावरको १३ करोड ५५ लाख र सानिमा माई हाईड्रोको ११ करोड ६१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीको सेयरमूल्यमा ७.८३ प्रतिशतको बढोत्तरी देखियो । ईङ्वा हाईड्रोको सेयरमूल्य आज ४.१४ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढ्यो ।  

यो दिन हिमालयन हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको सेयरमूल्य पनि आज ८.७४ प्रतिशत,बृद्धभूमि नेपाल हाईड्रोको ७.९६ र स्वेत गंगा हाईड्रोको सेयरमूल्य ७.६२ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.