आईतवार, असार १५,२०८२ 09:33:49
  • आईतवार, असार १५,२०८२ 09:33:49
Global IME Bank Limited

लगातार तेस्रो दिन बढ्यो नेप्से, ‘बजारलाई बैंकिङ क्षेत्रको टेवा’

Hyundai Nepal
लगातार तेस्रो दिन बढ्यो नेप्से, ‘बजारलाई बैंकिङ क्षेत्रको टेवा’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१४ प्रतिशत अर्थात बढेर २ ११५.९४ हजार विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ३७७.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षामा बैंकहरुलाई सेयर खरिद गर्न सहज व्यवस्था हुँदा बजारमा बढोत्तरी आएको हो । यस्तो अवस्थामा बैंकहरुले बीमा कम्पनी र बीमा कम्पनीले बैंकको सेयर खरिदल गर्ने भएकाले बजारमा कारोबार वृद्धि भएको हो ।’

बजार अझै पनि तल्लो तहमै रहेको र बढ्ने ठाउँ पनि धेरै भएकाले बजार माथि नै जाने रौनियारले बताए । ‘विश्वमा अहिले १४ वटा सेयर बजारले नयाँ रेकर्ड कायम गरेका छन् । नेपालको पनि वित्तीय अवस्था सुधार हुँदै गएकाले पूँजी बजार पनि सुधार हुँदै जाने देखिन्छ ।’

अर्का बजार जानकार अजय सिंह थापा(जयशम्भु)भन्छन्,‘मौद्रिक नीतिको समीक्षामा सुधार भएकाले बजारमा हरियाली छाएको छ । आधारभूत रुपमा पनि बजेटले पनि बजारलाई सर्पोट गर्ने आधार तय भएको छ ।’

थापाका अनुसार प्राविधिक रुपमा पनि योपटक बजारले १९५० मा बलियो सर्पोट लिएर हायर–लो बनाएको छ । यसको अर्थ बजार २२ सयभन्दा माथि नै जान्छ भन्ने हो । यसका साथै बैंकिङ क्षेत्रको वृद्धि टिकाउ बनेकोले पनि बजार मजबुत रहेको थापा बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज वित्त समूह सबैभन्दा बढी अर्थात ३.५५ प्रतिशतले बढ्यो । यो दिन बैंकिङ समूह १.७७, होटल ०.२८,हाईड्रो २.१६,लगानी ०.९१,जीवन बीमा ०.१८,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त १.४७,म्युचुअल फण्ड ०.२९,निर्जीवन बीमा ०.२७ र अन्य समूह ०.४१ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज विकास बैंक समूह ०.२९ र व्यापार समूह ०.५३ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ६४ लाख बढीको सेयर कारोबार भ यो ।  

त्यस्तै आज सिईडिबि हाईड्रोको १२ करोड ९९  लाख,कालिका पावर कम्पनीको १२ करोड ३८ लाख र माउन्टेन ईनर्जीको १० करोड ४१ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज जानकी फाइनान्स,नेरुडे मिर्मिरे,सामुदायिक लघुवित्त,बुद्धभुमी नेपाल हाईड्रो,मध्य भोटेकोशी हाईड्रो र इष्टर्न हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।  

आज कुथेली बुखरी स्मल हाईड्राको सेयरमूल्य ९.३०,महुली लघुवित्तको ९.२७ र नेपाल हाईड्रोको सेयरमूल्य ८.६९ प्रतिशतले बढ्यो ।  

यो दिन साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ४.२८ प्रतिशतले घट्यो । भगवति हाईड्रोको सेयरमूल्य ३.१९ प्रतिशतले घटेको आज रिभर फल्सको २.९१ र माण्डु हाईड्रोको सेयरमूल्य २.६१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.