आईतवार, भाद्र २३,२०८१ 10:39:49
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:39:49
IME remit
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा हिमालयन र नेपाल रि
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.५२ प्रतिशत र निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले बृद्धि भएको छ । बीमा कम्पनीहरुमध्ये आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा हिमालयन रि र नेपाल रि इन्स्योरेन्स रहेको छ । हिमालयन रि को सेयरभाउ ४.५९ प्रतिशतले बढेर ६३८ रुपैयाँ पुगेको छ भने नेपाल रि को सेयरभाउ ४.५३ प्रतिशतले बढेर ७६३ रुपैयाँ पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै, नेपाल लाइफको ३.१५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.१५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.६५ प्रतिशत, शिखर इन्स्योरेन्सको २.३८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.६८ प्रतिशत, एशियन लाइफको १.४८ प्रतिशत, हिमालयन लाइफको १.१८ प्रतिशत, सानिमा जिआइसीको १.११ प्रतिशत, नेको इन्स्योरेन्सको १.०२ प्रतिशत, सन नेपाल लाइफको ०.९५ प्रतिशत, युनाइटेड अजोडको ०.९३ प्रतिशत र आइएमई लाइफको ०.८९ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै आइजीआई प्रुडेन्सियलको ०.८७ प्रतिशत, हिमालयन एभरेष्टको ०.७५ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.६९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६५ प्रतिशत, सुर्यज्योति लाइफको ०.५७ प्रतिशत, सिटिजन लाइफको ०.५२ प्रतिशत, नेशनल लाइफको ०.४८ प्रतिशत, एलआइसी नेपालको ०.३२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२६ प्रतिशत, ०.२६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.२५ प्रतिशत र आरबीसीएलको ०.२० प्रतिशतले सेयरमूल्य बढेको छ । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ । कम्पनीको सेयरभाउ ०.३३ प्रतिशतले घटेर ९०७ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X