सोमबार, कार्तिक २,२०८३ 04:36:08
  • सोमबार, कार्तिक २,२०८३ 04:36:08
Global IME Bank Limited

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन

Bizshala
दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ११.९७ अंकले घटेर २ हजार ६४६.९५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४५१.३२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ६ अर्ब ६१ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्  ‘बैंक र व्यवसायी छुट्याउने वाफियाको विषयले लगानीकर्ता डराएको जस्तो देखिन्छन् । बजेट सन्तुलित त आयो तर लगानीकर्तालाई आश्वस्त पार्ने खालको भने आएन । यस्तै राजावादीहरुको आन्दोलनको विषयले पनि बजारमा दबाब परेको छ ।’

प्राविधिक रुपमा बजारले २६५० विन्दुमा बलियो सपोर्ट रहेको र त्यहाँबाट तल लागे भने २६१५ आसपास पुग्ने उनले बताए । उनले असार मसान्तअघि बजारमा एउटा स्विङ भने बाँकी नै रहेको बताए ।  

अर्का बजार जानकार बिनोद अर्यालले पनि बजारमा एक्युमुलेशन रहेको तथा अपरेटरहरु सक्रिय रहेको बताए । उनले अहिले बजार घट्नु पर्ने कुनै विशेष कारण भने नभएको बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो। यो समूह आज ०.४९ प्रतिशतले बढ्यो ।  

यस्तै म्युचुअल फण्ड समूह ०.४६ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.५९ प्रतिशत, विकास बैंक ०.७१, फाइनान्स ०.९०, होटल ०.४७,हाईड्रो ०.३७, जीवन बीमा ०.४८, उत्पादन तथा प्रशोधन ०.०३, लघुवित्त ०.८२, निर्जीवन बीमा ०.६८ र अन्य समूह ०.५४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन अरुण काबेलीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड २५ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युतको पनि आज २९ करोड ८७ लाख, ङादी ग्रुप पावरको २२ करोड ४९ लाख र युनिभर्सल पावरको २० करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।  

सुपर माई हाईड्रोको सेयरमूल्य यो दिन ८.२९ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डको मूल्य ४.६३ प्रतिशत र बाराही हाईड्रोको सेयरमूल्य ४.५४ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.८२ प्रतिशतले घट्यो । यो दिन उपकार लघुवित्तको मूल्य ४.३४, मिड सोलु हाईड्रोको ३.७० र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.३६ प्रतिशतले खस्कियो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.