आईतवार, असार १५,२०८२ 10:10:44
  • आईतवार, असार १५,२०८२ 10:10:44
Global IME Bank Limited

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन

Hyundai Nepal
दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि संकुचन
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४५ प्रतिशत अर्थात ११.९७ अंकले घटेर २ हजार ६४६.९५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४५१.३२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ६ अर्ब ६१ करोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्  ‘बैंक र व्यवसायी छुट्याउने वाफियाको विषयले लगानीकर्ता डराएको जस्तो देखिन्छन् । बजेट सन्तुलित त आयो तर लगानीकर्तालाई आश्वस्त पार्ने खालको भने आएन । यस्तै राजावादीहरुको आन्दोलनको विषयले पनि बजारमा दबाब परेको छ ।’

प्राविधिक रुपमा बजारले २६५० विन्दुमा बलियो सपोर्ट रहेको र त्यहाँबाट तल लागे भने २६१५ आसपास पुग्ने उनले बताए । उनले असार मसान्तअघि बजारमा एउटा स्विङ भने बाँकी नै रहेको बताए ।  

अर्का बजार जानकार बिनोद अर्यालले पनि बजारमा एक्युमुलेशन रहेको तथा अपरेटरहरु सक्रिय रहेको बताए । उनले अहिले बजार घट्नु पर्ने कुनै विशेष कारण भने नभएको बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो। यो समूह आज ०.४९ प्रतिशतले बढ्यो ।  

यस्तै म्युचुअल फण्ड समूह ०.४६ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.५९ प्रतिशत, विकास बैंक ०.७१, फाइनान्स ०.९०, होटल ०.४७,हाईड्रो ०.३७, जीवन बीमा ०.४८, उत्पादन तथा प्रशोधन ०.०३, लघुवित्त ०.८२, निर्जीवन बीमा ०.६८ र अन्य समूह ०.५४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन अरुण काबेलीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड २५ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युतको पनि आज २९ करोड ८७ लाख, ङादी ग्रुप पावरको २२ करोड ४९ लाख र युनिभर्सल पावरको २० करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।  

सुपर माई हाईड्रोको सेयरमूल्य यो दिन ८.२९ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डको मूल्य ४.६३ प्रतिशत र बाराही हाईड्रोको सेयरमूल्य ४.५४ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.८२ प्रतिशतले घट्यो । यो दिन उपकार लघुवित्तको मूल्य ४.३४, मिड सोलु हाईड्रोको ३.७० र सामुदायिक लघुवित्तको सेयरमूल्य ३.३६ प्रतिशतले खस्कियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.