सोमबार, कार्तिक २,२०८३ 04:34:08
  • सोमबार, कार्तिक २,२०८३ 04:34:08
Global IME Bank Limited

१०.२५ अंकले ओरालो लाग्यो सेयरबजार, जानकार भन्छन्, ‘बढ्ने आधार धेरै छन्’

Bizshala
१०.२५ अंकले ओरालो लाग्यो सेयरबजार, जानकार भन्छन्, ‘बढ्ने आधार धेरै छन्’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३७ प्रतिशत अर्थात १०.२५ अंकले घटेर २ हजार ६९८.४४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१८ प्रतिशतले घटेर ४५९.६३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने ११ अर्ब ५८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘बजारमा आज उतारचढाव देखियो, जुन यो सामान्य नै मान्नुपर्छ । विशेषगरी केही दिनयता हाइड्रो सेक्टरका लगानीकर्ताहरुले स–सानो नाफा बुक गरी सेयर बिक्री गरेकाले पनि बजारमा करेक्सन देखिएको हो । साथै केही कम्पनीहरुको लकइन अवधि सकिएर त्यस्ता कम्पनीबाट नाफा बुक गरेर सेयर बिक्री गर्दा बजार बढ्न नसकेको हो ।’

उनले थपे, ‘अहिलेको बजारको अवस्थालाई करेक्सन फेजको रुपमा लिन सकिन्छ । अहिले विशेषगरी हाइड्रो समूहमा लगानीकर्ता बढी आकर्षित छन्, जसकार कारोबार रकम खासै घटेको छैन । लगानीकर्ताहरुमा अहिले चुनावको लागि सेयरबजारको पैसा बाहिरिने होकी भन्ने डर छ, त्यसकारण लगानीकर्तामा कन्फिडेन्ट आएको छैन । नत्र बजार बढ्नुनै पर्ने आधारहरु धेरै छन् । सेक्टर रोटेसन हुँदै बजारले एउटा राम्रो मुभ बनाउन सक्ने देखिन्छ, तर चुनावअघि एउटा ठूलो करेक्सन आउने जस्तो सम्भावना भने छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज लगानी र अन्य समूह मात्रै बढे । यी समूहहरु क्रमशः०.०८ र ०.४६ प्रतिशतले बढ्यो ।

आज होटल समूह सर्वाधिक अर्थात २.१३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.१४ प्रतिशत, विकास बैंक ०.९२, फाइनान्स ०.०१, हाईड्रो ०.३१, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन १.१५, लघुवित्त ०.२१, म्युचअल फण्ड ०.६१, निर्जीवन बीमा ०.३२ र व्यापार समूह १.३० प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सुपर मादी हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५६ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, आँखुखोला जलविद्युतको ५१ करोड ४९ लाख, रिडी पावरको ४७ करोड ७४ लाख, राधी विद्युतको ४३ करोड ९८ लाख र एसवाई प्यानल नेपालको ४२ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सुपरमाई हाईड्रो, मोदी इनर्जी, रिडि पावर र खानीखोला हाईड्रोको  सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै हिमालयन हाईड्रोपावरको सेयरमूल्य ५.३९ प्रतिशत, जोशी हाईड्रोको ४.४९, मायाखोला हाईड्रोको ४.२९ र हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य ३.९२ प्रतिशतले बढ्यो ।

कालिञ्चोक दर्शनको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.९१ प्रतिशतले घट्यो । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२९ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.६४ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.