Bizshala
  • बिहीबार, पुष १७,२०८२ 11:47:59
Bizshala
Global IME Bank Limited

कारोबारसँगै घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे

Hyundai Nepal
कारोबारसँगै घट्यो नेप्से परिसूचक, सबै समूह राताम्मे
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशत अर्थात २७.६४ अंकले घटेर २ हजार ५९५.२४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ प्रतिशतले घटेर ४५२.४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता सेयर ५ अर्ब १५ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो ।  

अघिल्लो दिन भने ६ अर्ब ५ करोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Bizshala
Garima Development Bank

आजको बजारबारे बजार जानकार सालिकराम ढकाल भन्छन्, ‘लगातार बढेको बजारमा हिजो र आज करेक्सन देखिएको हो । आज बजार घट्नुले आत्तिहाल्नुपर्ने अवस्था छैन । यो साता बजारमा करेक्सन देखिन सक्छ । लगानीकर्ताहरु पछिल्लो समय हतोत्साहित छन् । राजनीतिक क्षेत्रमा देखिएको अस्थिरताले लगानीकर्ताहरुमा मनोबल बढ्न सकिरहेको छैन । जेनजी आन्दोलनपश्चात् त झनै नेपालको सबै क्षेत्र तरंगित नै छन् । स्थिर राजनीति कायम नभएसम्म लगानीकर्तामा कन्फिडेन्ट नबढ्ने देखिन्छ । अन्तरिम सरकारले समयमै चुनाव गर्न सक्ने हो भने लगानीकर्ताहरु उत्साहित हुन सक्छन् ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पातियो । आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.२१ प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह ०.६६ प्रतिशत, विकास बैंक १.४७, होटल ०.९३, हाईड्रो १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, लघुवित्त ०.७५, म्युचुअल फण्ड ०.३१, निर्जीवन बीमा १.२१, अन्य १.८१ र व्यापार समूह ०.११ प्रतिशतले घट्यो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २७ करोड ९८ हजार बढीको कारोबार भयो । राधी विद्युत कम्पनीको पनि आज २२ करोड ४६ लाख, युनियन हाईड्रोपावरको १८ करोड ७६ लाख, सिंगटी हाईड्रोको १८ करोड ४५ लाख र शिवम् सिमेन्टको १८ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माबिलुङ इनर्जीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो । फर्स्ट माईक्रोफाइनान्सको सेयरमूल्य पनि आज ९.२० प्रतिशत, बिन्ध्यवासिनी हाईड्रोपावरको ६.३८ र सम्पदा लघुवित्तको सेयरमूल्य ५.५४ प्रतिशतले बढ्यो ।  

मुक्तिनाग कृषि कम्पनीको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको गिरावट आयो । एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ७.०९ प्रतिशत, पञ्चकन्या माई हाईड्रोको ५.३१ र सानिमा जिआईसी इन्स्योरेन्सको सेयरमूल्य ३.८६ प्रतिशतले घट्यो । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.