आईतवार, असार १५,२०८२ 09:12:58
  • आईतवार, असार १५,२०८२ 09:12:58
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, हाईड्रोमा लगानीकर्ताको आकर्षण

Hyundai Nepal
नेप्सेमा सामान्य सुधार, हाईड्रोमा लगानीकर्ताको आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ७.०१ अंकले बढेर २ हजार ६९६.२३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले बढेर ४५१.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘लगातार दुई दिन बजार बढ्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ । गभर्नर नियुक्तीमा ढिलाई हुँदा लगानीकर्तामा केही अन्यौलता छाएको छ । यद्यपी औषत भन्दा बढी ७  अर्ब बढी कारोबार हुनु सकारात्मक पक्ष हो । अब नयाँ बजेट र नयाँ गभर्नर सँगसँगै आउने देखिन्छ ।’

आज जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेकाले अब सेक्टर रोटेशन हुँदै बजार अघि बढ्ने उनले बताए । गजुरेलका अनुसार विभिन्न इन्डिकेटरबाट नियाल्दा प्राविधिक रुपमा पनि बजार बजार बुलस नै देखिन्छ ।  

अर्का बजार जानकमार सुवासचन्द्र ढुङ्गानाले पनि अहिले आधारभूत रुमा बजारमा सबै पक्ष सकारात्मक रहेको बताए । ‘स्मार्ट मनिले बजारमा एक्युमेलेशन गरिरहेको हुन सक्छ । विगतको बजारलाई हेर्दा प्राय अप्रिल महिनामा बजारमा करेक्सन, मे महिनामा साइडवेज र जुन जुलाई अगस्ट महिनामा टप लाग्ने गरेको छ ।’

प्राविधिक रुपमा हाल बजारले केही प्रतिरोधको सामना गरेको समेत उनले बताए । उनले हालको प्रतिरोध ब्रेक गरेर माथि गएमा भने बजारले अप ट्रेण्ड लिने विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्यमा हरियाली छायो । आज हाईड्रो समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखियो । यो समूह आज १.७२ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.४६ प्रतिशत, विकास बैंक ०.९७,जीवन बीमा ०.१३,लघुवित्त ०.०६, म्युचुअल फण्ड ०.४४,निर्जीवन  बीमा ०.५४ र व्यापार समूह १.२३ प्रतिशतले बढ्यो ।  

अन्य समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज ०.९९ प्रतिशतले घट्यो । फाइनान्स समूह पनि आज ०.६४ प्रतिशत,होटल ०.४६ उत्पादन तथा प्रशोधन ०.१५ र लगानी समूह ०.४१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ४१ लाख बढीको कारोबार भयो । राधी विद्यु्त कम्पनीको सेयरमूल्य पनि आज ५० लाख ७२ हजार,बलेफी हाईड्रोको ४२ करोड ८७ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ३६ लाख र हिमालयन पावर पाटर्नरको ३१ करोड ५७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,बलेफी हाईड्रो,नेपाल माइक्रो इन्स्योरेन्स,राधी विद्युत कम्पनी र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

ङादी ग्रुप पावरको सेयरमूल्य पनि आज ६.९० प्रतिशत,अपर हेवा खोलाको ६.३२ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ५.९९ प्रतिशतले बढ्यो ।  

गुराँस लघुवित्तको लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज ६.८१ प्रतिशतले घट्यो । यस्तै सिन्धु विकास बैंकको सेयरमूल्य ४.८७ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य २.६४ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.