बुधबार, असार १०,२०८३ 04:06:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:06:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ

Laxmi Sunrise Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । जीवन बीमा समूह २.७४ प्रतिशत र निर्जीवन बीमा समूह २.१६ प्रतिशतले घटेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ५.१५ प्रतिशतले घटेर ५५२ रुपैयाँ कायम भएको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको ४.५५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४.१८ प्रतिशत, एलआइसी नेपालको ४.१५ प्रतिशत, हिमालयन लाइफको ३.६५ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.८९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.८२ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.६४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.५५ प्रतिशत, हिमलायन रि इन्स्योरेन्सको २.५१ प्रतिशत, एशियन लाइफको २.४८ प्रतिशत, नेशनल लाइफको २.३५ प्रतिशत, नेपाल लाइफको २.३१ प्रतिशत र हिमालयन एभरेष्टको २.२९ प्रतिशतले सेयरभाउ घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै नेपाल पुनर्बीमा कम्पनीको २.२७ प्रतिशत, सुर्यज्योति लाइफको २.२४ प्रतिशत, आरबीसीएलको २.०९ प्रतिशत, सिटिजन लाइफको १.८३ प्रतिशत, युनाइटेड अजोडको १.६७ प्रतिशत, आइएमई लाइफको १.५१ प्रतिशत, नेको इन्स्योरेन्सको १.३५ प्रतिशत, सन नेपाल लाइफको १.१९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.५८ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.५८ प्रतिशतले सेयरभाउ घटेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.