शनिबार, फाल्गुन १०,२०८१ 09:55:49
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:55:49
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको करेक्सन,‘आत्मविश्वासको खोजीमा लगानीकर्ता’

Hyundai Nepal
नेप्सेमा झिनो अंकको करेक्सन,‘आत्मविश्वासको खोजीमा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८७ अंक अर्थात ०.०४ प्रतिशतले घटेर २०००.७७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१ ७ प्रतिशतले घटेर ३५६.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन,‘लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् । केहिले बैंकर र कहिले व्यापारी समातिने घटनाका कारण लगानीकर्ताको मबोनल खस्केको छ । लगानीकर्ताले बजारबाट केहि आत्मविश्वासको खोजी गरेको देखिन्छ ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

यहि समयमा हकप्रद र बोनस सेयरको लिस्टिङ पनि भईरहेकाले आपूर्ती बढेका कारण बजार केहि समय साइडवेज चल्न सक्ने लम्साल बताउँछन् ।  

अर्का बजार जानकार यज्ञ घिमिरे पनि आपूर्ती बढेको र माग नबढेका कारण बजार माथि जान नसकेको बताउँछन् । उनले भने,‘ सेयर कित्ता थपिएको थपिएकै छ । सधै कर्जा लिएर लगानी गर्ने कुरा भएन । यहि कारण बजारमा माहोल बिग्रिएकाले बजार बढ्न सकेको छैन ।’    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरिायाली छायो भने अन्य ७ वटा समूहमा भने रातो पोतियो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह ५.५१ प्रतिशतले बढ्यो । यो दिन होटल समूह ०.०४,लगानी १.०५,उत्पादन तथा प्रशोधन ४.९६ म्युचुअल फण्ड ०.४१ र अन्य समूह ०.१४ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूहमा सबैभन्दा धेरै अर्थात १.११ प्रतिशतको गिरावट आएको छ । बैंकिङ समूह ०.६८,वित्त ०.९६,हाईड्रो ०.८४,जीसवन बीमा ०.५१ लघुवित्त ०.१५ र निर्जीवन बीमा समूह ०.३६ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज १२ करोड ६९ लाख बढीको सेयर कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको आज ८ करोड ६ लाख,बोटलर्स नेपाल(तराई)को ७ करोड ४ लाख, शिवम सिमेन्टको ६ करोड ६ लाख र हिमालयन डिस्टीलरीको ५ करोड ८३ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विशाल बजार,बोटलर्स नेपाल(बालाजु)र बोटलर्स नेपाल(तराईं)को सेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

त्यस्तै बिपिडब्लु लघुवित्तको सेयरमूल्य ९.९९,चिरख्या हाईड्रोको ९.६४ र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य ६.८६ प्रतिशतले बढेको छ ।  

आज सामलिङ पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.६६ प्रतिशतको गिरावट आएको छ । यो दिन गुँरास लघुवित्तको सेयरमूल्य ५.९७,मिडसोलु हाईड्रो ५.२३ र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य ३.७७ प्रतिशतले ओरालो लागेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.