प्राविधिक संकेत बलियो : नेप्से २६०० माथि बुलिश ब्रेकआउट, बजारमा सस्टेन्ड मोमेन्टमको संकेत
-सुदर्शन शर्मा काठमाण्डौ । नेपाली पूँजीबजारले आज प्राविधिक रूपमा बलियो सुधार देखाएको छ।लगातारको उतार–चढावपछि नेप्से परिसूचक (Nepse Index) आज ३४.२२ अंक (१.३३%) ले बढ्दै २६००.३८ बिन्दुमा क्लोजिङ गरेको छ।यो स्तर बजारका लागि मनोवैज्ञानिक रूपमा महत्वपूर्ण मानिने २६०० लेभलमाथिको ब्रेकआउट हो, जसले नयाँ बुलिश चरण सुरु भएको संकेत गरेको छ।

