बुधबार, श्रावण २०,२०८३ 02:01:37
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:01:37
Bizshala
Global IME Bank Limited

नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो

नेप्सेमा १०० अंक बढीको गिरावट, अधिकांश कम्पनीको सेयरमूल्यमा रातो पोतियो
New Office

काठमाण्डौ । विगत केही सातादेखि निरन्तर वृद्धि भईरहेको नेप्से परिसूचकमा आज भने व्यापक गिरावट आएको छ । कारोबार खुलको साढे २ घण्टाभन्दा बढीको अवधिमा नेप्सेमा १०० अंक बढीको गिरावट आईसकेको छ ।  

यो समाचार तयार पार्दासम्म नेप्स्े परिसूचक ३.६३ प्रतिशत अर्थात १०१.६७ अंकले घटेर २ हजार ६९४.७० विन्दुमा सीमित बनेको छ । आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको थियो । तर नियमित कारोबार खुलेसँगै नेप्सेले प्रि–ओपनको बढोत्तरीलाई कायम राख्न सकेन र बजारमा गिरावट आएको छ ।  

आजको इन्ट्रा डे कारोबारमा नेप्से परिसूचक २ हजार ८१५ विन्दुसम्म पुगेको थियो । आज नेप्सेमा कारोबार भएशा जम्मा १० वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने २३२ वटा कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।  

यो बेलासम्म थ्रिस्टार हाईड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ३ करोड ५ लाख कित्ता सेयरको १३ अर्ब ६० करोड बढीको कारोबार भएको छ ।  

पछिल्लो समय निरन्तर बढिरहेको सेयर बजारमा लगानीकर्ताले नाफा बुक बढाएकाले बिक्री दबाव पर्दा नेप्सेमा गिरावट आएको छ । यसलाई करेक्सनको रुपमा मान्न सकिने बजार जानकार बताउँछन् । बजार एकोहोरो बढेको बढ्यै नगर्ने भएकाले समय–समयमा आउने केही साना–ठूला करेक्सनले बजारलाई अघि बढ्न झनै शक्ति प्रदान गर्ने जानकारहरुको ठहर छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.