काठमाण्डौ । ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत एकीकृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २१ करोड ६ लाख रुपैयाँ घाटामा थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ९७ लाख ६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर यस वर्ष ४३ करोड ४१ लाख ४५ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको कुल आम्दानी ४३ करोड ४२ लाख ३० हजार रुपैयाँ पुगेको छ भने कुल खर्च ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले करअघिको नाफा ३ करोड ९७ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड ५५ लाख ८४ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चित घाटा ६ करोड ६ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ।
त्यस्तै कम्पनीको कुल सम्पत्ति ४ अर्ब ४ करोड ८४ लाख ५२ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल दायित्व २ अर्ब ८४ लाख २२ हजार रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ऋणात्मक २६.५७ रुपैयाँ थियो।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ६२.८१ रुपैयाँ र कुल सम्पत्तिको प्रतिसेयर मूल्य १२७.६६ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।