हाथवेका सेयरधनी ढकालले २० लाख कित्ता सेयर बेच्ने
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका अर्का आधारभूत सेयरधनी हेमराज ढकालले पनि ठूलो परिमाणमा सेयर बिक्री गर्ने तयारी गरेका छन् ।कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको पत्रअनुसार ढकालले आफूले धारण गरेकोमध्ये २० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

