सोमबार, आश्विन ५,२०८३ 12:30:39
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 12:30:39
Bizshala
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टका दुई आधारभूत सेयरधनीले ६.८५ लाख कित्ता सेयर बिक्री गर्ने

हाथवे इन्भेष्टमेन्टका दुई आधारभूत सेयरधनीले ६.८५ लाख कित्ता सेयर बिक्री गर्ने
New Office

 

काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई आधारभूत सेयरधनीले कुल ६ लाख ८५ हजार ७२७ कित्ता सेयर बिक्री गर्ने मनसाय देखाएका छन्।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पठाएको जानकारीअनुसार आधारभूत सेयरधनी सुमित प्रधान र मनिष ढकालले आफूले धारण गरेको सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका हुन्। कम्पनीले उक्त निवेदन असोज २ गते प्राप्त भएको जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको विवरणअनुसार सुमित प्रधानले ३ लाख ४८ हजार ६६६ कित्ता र मनिष ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्री गर्ने मनसाय जनाएका छन्। यसअनुसार दुई सेयरधनीले बिक्री गर्न चाहेको सेयरको कुल संख्या ६ लाख ८५ हजार ७२७ कित्ता हुन्छ।

नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपूर्व कम्तीमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार दुवै सेयरधनीले बिक्रीको मनसायबारे पूर्वजानकारी गराएका हुन्।

कम्पनीले असोज ५ गते नेप्सेलाई पठाएको पत्रको बोधार्थ नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ र ग्लोबल आईएमई क्यापिटललाई समेत दिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.