शनिबार, आश्विन ३१,२०८३ 04:11:27
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 04:11:27
Bizshala
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टका दुई संस्थापकले बेच्दै ६.८५ लाख कित्ता सेयर

Bizshala
हाथवे इन्भेष्टमेन्टका दुई संस्थापकले बेच्दै ६.८५ लाख कित्ता सेयर
New Office

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ठूलो परिमाणको सेयर बिक्री गर्ने भएका छन्।

कम्पनीका संस्थापक सेयरधनी सुमित प्रधान र मनिष ढकालले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई गराएका हुन्। सोहीबमोजिम कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई समेत जानकारी गराएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीका अनुसार प्रधानले आफ्नो नाममा रहेको ३ लाख ४८ हजार ६८६ कित्ता तथा ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्री गर्न लागेका हुन्।

यसअनुसार दुवै संस्थापक सेयरधनीले कुल ६ लाख ८५ हजार ७४७ कित्ता सेयर बिक्री गर्ने तयारी गरेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही प्रावधानअनुसार प्रधान र ढकालले सेयर बिक्री गर्न लागेको विषयमा कम्पनीलाई जानकारी गराएका हुन् भने कम्पनीले उक्त विवरण नेप्सेलाई उपलब्ध गराएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
N

N***

Hathway stock le ni sunauni dubayo 973 ko wacc aaele 500 ma jhahrisakyo

26 दिन अगाडी
Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.