काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले मिड सोलु हाइड्रोपावरमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले मिड सोलु हाइड्रोपावरमा रहेको आफ्नो १ लाख १५ हजार कित्ता सेयर बिक्री गर्ने सूचना जारी गरेको छ ।
मिड सोलुले नेप्सेलाई पठाएको पत्रअनुसार कम्पनीका आधारभूत सेयरधनीमध्ये हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने मनसाय देखाएको हो ।
सोही सूचनामा अर्का आधारभूत सेयरधनी विश्वकान्त गौतमले पनि २५ हजार कित्ता सेयर बिक्री गर्ने मनसाय सार्वजनिक गरेका छन् ।
यसअनुसार मिड सोलुमा आधारभूत सेयरधनीतर्फबाट कुल १ लाख ४० हजार कित्ता सेयर बिक्रीको मनसाय आएको छ, जसमा सबैभन्दा ठूलो हिस्सा हाथ्वे इन्भेष्टमेन्टकै छ ।
हाथवे इन्भेष्टमेन्टको नाम पछिल्लो समय बजारमा आधारभूत सेयरधनीको बिक्री मनसायसँग जोडिएर चर्चामा आइरहेको छ ।
यसैबीच मिड सोलु हाइड्रोपावरमा पनि ठूलो परिमाणको सेयर बिक्री मनसाय सार्वजनिक भएपछि लगानीकर्ताको चासो बढ्न सक्ने देखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।