शनिबार, आश्विन ३१,२०८३ 03:53:52
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 03:53:52
Bizshala
Global IME Bank Limited

हाथवेमा संस्थापक सेयर बिक्रीको लहर, ८.८५ लाख कित्ता बेच्ने तयारी

Bizshala
हाथवेमा संस्थापक सेयर बिक्रीको लहर, ८.८५ लाख कित्ता बेच्ने तयारी
New Office

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सेयरमा रहेको लकइन अवधि समाप्त भएसँगै कम्पनीका आधारभूत सेयरधनीहरू धमाधम आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने तयारीमा जुटेका छन्।

लकइन खुलेपछि कम्पनीका आधारभूत सेयरधनीबाट लगातार ठूलो परिमाणको सेयर बिक्री गर्ने पूर्वसूचना आउन थालेको हो। पछिल्लोपटक आधारभूत सेयरधनी अम्बिका शर्मा लामिछानेले आफ्नो स्वामित्वमा रहेको २ लाख कित्ता सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएकी छन्।

उनले सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएपछि कम्पनीले नियमानुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई त्यसबारे जानकारी गराएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अम्बिकाभन्दा अघि पनि हाथवेका दुई आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्न निवेदन दिइसकेका थिए।

आधारभूत सेयरधनी सुमित प्रधानले ३ लाख ४८ हजार ६८६ कित्ता सेयर बिक्रीका लागि निवेदन दिएका थिए। यस्तै, अर्का आधारभूत सेयरधनी मनिष ढकालले ३ लाख ३७ हजार ६१ कित्ता सेयर बिक्री गर्न कम्पनीमा निवेदन दिएका थिए।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

दुवैको निवेदनबमोजिम हाथवे इन्भेष्टमेन्टले सेयर बिक्रीसम्बन्धी जानकारी यसअघि नै नेप्सेलाई गराइसकेको थियो।

यससँगै हालसम्म सार्वजनिक भएको विवरणअनुसार प्रधान, ढकाल र लामिछाने गरी तीन आधारभूत सेयरधनीले कुल ८ लाख ८५ हजार ७४७ कित्ता सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.