मंगलवार, आश्विन १३,२०८३ 06:48:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:48:24
Bizshala
Global IME Bank Limited

हाथवेको सेयरमा भ्रम फैलाउने नक्कली पत्र, छाप र सचिवको हस्ताक्षर नै किर्ते !

सेबोन र नेप्सेमा उजुरी दिने तयारी

Bizshala
हाथवेको सेयरमा भ्रम फैलाउने नक्कली पत्र, छाप र सचिवको हस्ताक्षर नै किर्ते !
New Office

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कम्पनीका सेयरधनी अम्बिका प्रसाद पौडेलले १५ लाख कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको भनिएको पत्र नक्कली भएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हाथवेको नाममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई सम्बोधन गरिएको चलानी नं. ३५/८३/८४ र मिति २०८३/०६/११ उल्लेख भएको ‘सेयर बिक्री गर्ने भनसान सम्बन्धमा’ विषयको पत्र प्रसारित भएपछि कम्पनीले औपचारिक स्पष्टीकरण जारी गरेको हो।

प्रसारित पत्रमा हाथवेका सेयरधनी अम्बिका प्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता सेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएको उल्लेख थियो।

तर, कम्पनीले त्यस्तो कुनै पत्र जारी नगरेको र उक्त पत्र पूर्ण रूपमा नक्कली भएको जनाएको छ। कम्पनीका अनुसार पत्रमा प्रयोग गरिएको लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षरसमेत कम्पनीको जानकारी र स्वीकृतिबिना जालसाजीपूर्वक तयार पारिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘अम्बिका पौडेलबाट बिक्री मनसायसम्बन्धी कुनै निवेदन आएको छैन’

हाथवेले स्पष्टीकरण जारी गरिएको मितिसम्म अम्बिका प्रसाद पौडेलबाट नेपाल धितोपत्र बोर्डको भदौ ९ गतेको निर्देशनअनुसार सेयर बिक्री गर्ने मनसायसहितको कुनै निवेदन, सूचना वा जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ।

धितोपत्र बोर्डको निर्देशनअनुसार सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको ५ प्रतिशतभन्दा बढी बिक्री गर्न चाहेमा कम्तीमा १५ दिनअघि कम्पनीलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ।

त्यस्तो जानकारी प्राप्त भएपछि कम्पनीले नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र उक्त सूचनाको मान्य अवधि तीन महिना रहने व्यवस्था छ।

हाथवेले वास्तविक सूचना प्राप्त भएमा नेप्सेको आधिकारिक सूचना प्रणाली तथा कम्पनीको वेबसाइटमार्फत मात्र सार्वजनिक गरिने जनाएको छ। अन्य माध्यमबाट आउने सूचनालाई अप्रमाणित मान्नसमेत लगानीकर्तालाई आग्रह गरिएको छ।

‘सेयर मूल्यमा अस्वाभाविक प्रभाव पार्ने उद्देश्य हुनसक्छ’

कम्पनीले सर्वसाधारण सेयरधनीलाई भ्रममा पार्ने, कम्पनीको सेयर कारोबारमा अस्वाभाविक प्रभाव पार्ने तथा कम्पनी, सेयरधनी र पदाधिकारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले यस्तो जालसाजीपूर्ण सूचना तयार पारिएको हुनसक्ने भन्दै कडा आपत्ति जनाएको छ।

कम्पनीले नक्कली पत्र तयार पार्ने तथा प्रसार गर्ने व्यक्ति वा समूह पहिचान गरी कानुनी उपचारमा जाने चेतावनीसमेत दिएको छ।

सेबोन र नेप्सेमा उजुरी दिने तयारी

हाथवेले यस विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा लिखित उजुरी दिने प्रक्रिया अघि बढाएको जनाएको छ।

कम्पनीले नक्कली पत्र तयार पार्ने, प्रसार गर्ने तथा जानीजानी पुनःप्रकाशन वा प्रसारण गर्ने पक्षविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३, विद्युतीय कारोबार ऐन, २०६३ तथा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपलब्ध कानुनी उपचार अवलम्बन गर्ने जनाएको छ।

कम्पनीले सम्बन्धित सञ्चारमाध्यमलाई कम्पनीसम्बन्धी सूचना प्रकाशन गर्नुअघि कम्पनी सचिवालयबाट यकिन गर्न, नक्कली पत्र हटाउन र कम्पनीको स्पष्टीकरणलाई समान प्राथमिकतासाथ प्रकाशन गर्न आग्रह गरेको छ।

साथै, सेयरधनी तथा लगानीकर्तालाई सामाजिक सञ्जालमा प्रसारित अप्रमाणित सामग्रीका आधारमा लगानीसम्बन्धी निर्णय नलिन र नेप्से तथा कम्पनीका आधिकारिक सूचनामै भर पर्न आग्रह गरिएको छ।

हाथवेले कम्पनीको सञ्चालन, सुशासन र सूचना प्रवाह कम्पनी ऐन, धितोपत्रसम्बन्धी ऐन तथा सेबोन र नेप्सेका निर्देशनअनुसार भइरहेको दाबी गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.