बुधबार, असार १८,२०८२ 05:49:46
  • बुधबार, असार १८,२०८२ 05:49:46
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा रिभर्सलको संकेत

Hyundai Nepal
नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा  रिभर्सलको संकेत
Nabil Bank Limited

काठमाण्डौ। अघिल्लो दिन ५८ अंकले घटेको बजारमा आज करिब ४० अंकको सुधार आएको छ । आज बजार बढेतापनि कारोबारमा भने सुधार आउन सकेको छैन । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यो प्याटर्न भनेको डार्क क्लाउड प्याटर्नको  ठीक विपरित प्याटर्न हो ।  

यदि बढ्दो बजारमा डार्क क्लाउड कभर प्याटर्न बन्छ भने बजार तल जाने सम्भावना रहन्छ । तर घट्दो बजारमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बन्छ भने बजारले रिभर्सलको संकेत गर्छ । यस्तो प्याटर्न बन्नको लागि पहिलो क्याण्डल बियरिस मारुबुजु बन्ने गर्छ । त्यसपछिको कारोबारमा ग्याप डाउन ओपनिङ सहित खुलेर अघिल्लो रातो क्याण्डलको तुलनामा दोस्रो हरियो क्याण्डल ५० प्रतिशतले बढेको हुन्छ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तो क्याण्डल डाउन ट्रेन्डमा बन्ने गर्छ । यस्तो अवस्थामा बजार घट्न रोकिएर रिभर्सलको संकेतको रुपमा बुझिन्छ । बजारलाई आरएसआईबाट नियाल्दा पनि आज ओभर सोल्ड जोनमा ‘डब्लु’ प्याटर्न बनेको छ । यो पनि बजारमा रिभर्सलको संकेत हो । विभिन्न इन्डिकेटरमार्फत नियाल्दा केही समय पहिले शुटिङ स्टार बनेर खसेको बजारले आज पहिलोपटक क्याण्डल स्टिक र आरएसआई मार्फत रिभर्सलको संकेत दिएको हो । तर यसको निश्चिताको लागि भने अझै एक कारोबार नियाल्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.