बुधबार, असार १०,२०८३ 07:22:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:22:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा रिभर्सलको संकेत

Laxmi Sunrise Bank Limited
नेप्सेको सपोर्ट जोनमा ‘ पियरसिङ प्याटर्न ’, बजारमा  रिभर्सलको संकेत

काठमाण्डौ। अघिल्लो दिन ५८ अंकले घटेको बजारमा आज करिब ४० अंकको सुधार आएको छ । आज बजार बढेतापनि कारोबारमा भने सुधार आउन सकेको छैन । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यो प्याटर्न भनेको डार्क क्लाउड प्याटर्नको  ठीक विपरित प्याटर्न हो ।  

यदि बढ्दो बजारमा डार्क क्लाउड कभर प्याटर्न बन्छ भने बजार तल जाने सम्भावना रहन्छ । तर घट्दो बजारमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बन्छ भने बजारले रिभर्सलको संकेत गर्छ । यस्तो प्याटर्न बन्नको लागि पहिलो क्याण्डल बियरिस मारुबुजु बन्ने गर्छ । त्यसपछिको कारोबारमा ग्याप डाउन ओपनिङ सहित खुलेर अघिल्लो रातो क्याण्डलको तुलनामा दोस्रो हरियो क्याण्डल ५० प्रतिशतले बढेको हुन्छ।  

New Office
CG Motors
Garima Development Bank

यस्तो क्याण्डल डाउन ट्रेन्डमा बन्ने गर्छ । यस्तो अवस्थामा बजार घट्न रोकिएर रिभर्सलको संकेतको रुपमा बुझिन्छ । बजारलाई आरएसआईबाट नियाल्दा पनि आज ओभर सोल्ड जोनमा ‘डब्लु’ प्याटर्न बनेको छ । यो पनि बजारमा रिभर्सलको संकेत हो । विभिन्न इन्डिकेटरमार्फत नियाल्दा केही समय पहिले शुटिङ स्टार बनेर खसेको बजारले आज पहिलोपटक क्याण्डल स्टिक र आरएसआई मार्फत रिभर्सलको संकेत दिएको हो । तर यसको निश्चिताको लागि भने अझै एक कारोबार नियाल्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.