बिहीबार, बैशाख ११,२०८२ 07:37:30
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:37:30
IME remit
Global IME Bank Limited

सामान्य अंकले घट्यो बजार, २ हजार विन्दुमाथि एकदिन पनि किन टिक्न सकेन नेप्से ?

Hyundai Nepal
सामान्य अंकले घट्यो बजार, २ हजार विन्दुमाथि एकदिन पनि किन टिक्न सकेन नेप्से ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ७.३१ अंकले घटेर १ हजार ९९८.९६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४१ प्रतिशतले घटेर ३५६.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सुमन कुमार रिजाल भन्छन्, ‘केहि दिनदेखि बढेको बजारमा आज नाफा बुक देखिएको छ । ब्रोकरहरुको सेटलमेन्ट पनि देखिन्छ । ४ अर्बमाथिको कारोबार हुनुले बजारमा स्मार्ट मनि भित्रिएको संकेत गरेको छ । ’

यद्यपी बजार आइतबारबाट पुनःसम्हालिने रिजाल बताउँछन् ।  

अर्का बजार जानकार  अर्जुन थापा भन्छन्,‘विभिन्न सामाजिक सञ्जालमार्फत लगानीकर्ताको मनोबल खस्कदा बजारमाथि जान नसकेको हो । अर्थमन्त्रालयले बजेटमार्फत लगानीकर्ताको माग सम्बोधन गर्न थालेको छ । यसै विषयमा राष्ट्र बैंक र अर्थमन्त्रालयको समन्वय भएको बुझिएको छ ।’

तर पनि लगानीकर्ताले आफ्ना माग पूरा नहुन्जेल आवाज बुलन्द गरिरहनु पर्ने थापाले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूह बाहेक अन्य  सबै समूहमा रातो पोतियो । आज लघुवित्त समूह ३.४५ प्रतिशत र व्यापार समूह ०.०६ प्रतिशतले बढे ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैंकिङ समूह ०.८२ प्रतिशतले घटेको आज विकास बैंक २.०३,वित्त ०.४६,होटल ०.४६,हाईड्रो १.११,लगानी ०.२०,जीवन बीमा ०.४०,उत्पादन तथा प्रशोधन ०.०४,म्युचुअल फण्ड ०.३६,निर्जीवन बीमा ०.९७ र अन्य सूचक ०.७८ प्रतिशतले घटे ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २८ करोड ७७ लाख बढीको सेयर कारोबार भयो । आज पोखरा फाइनान्सको २१ करोड ७८ लाख,गोर्खाज फाइनान्स १५ करोड ८० लाख,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक १३ करोड १७ लाख र नेपाल फाइनान्सको १० करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समता घरेलु लघुवित्त,इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

त्यस्तै विजया लघुवित्तको सेयरमूल्य ९.७१ प्रतिशत,आरएसडीसी लघुवित्त ८.७१ र जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ८.३७ प्रतिशतले वृद्धि भएको छ ।  

आज पिपुल्स पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको आज ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.१०,सिन्धु विकास बैंकको ४.७४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.१४ प्रतिशतले घट्यो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.