बुधबार, असार १०,२०८३ 04:07:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्,‘मसान्तको प्रभाव सकिँदा ट्रेडर हाबी’

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको सुधार, जानकार भन्छन्,‘मसान्तको प्रभाव सकिँदा ट्रेडर हाबी’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.१३ प्रतिशत अर्थात २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.११ प्रतिशतले बढेर ३५९.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,‘आजको बढोत्तरीले चैत मसान्तको प्रभाव सकिएको भन्न सकिन्छ । बजेटको बहस पनि सुरु भईसकेको छ । मौद्रिक नीतिमा पनि केहि हेरफेर हुने विश्वास गर्न सकिन्छ । पर्ख र हेरको अवस्थामा बसेका ट्रेडर र अन्य सबै लगानीकर्ता पनि  बजार प्रवेश गरेको देखिन्छ ।’

हालका लागि बजारको बटम लाइन २ हजार नै भएको रिजाल बताउँछन् ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट पनि चैत मसान्तको प्रभाव अन्त्य भएकाले बजारमा सुधार देखिएको बताउँछन् । ‘आज बजारमा  बिक्री दबाब कम भएकाले बजरा बढेको हो । बजार अब यो विन्दुभन्दा तल जादैन । बजारको बटम लाइन २ हजार विन्दु हो ।’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ११ वटा समूहमा हरियाली छायो भने २ वटा समूहमा रातो पोतियो । आज वित्त समूह सर्वाधिक अर्थात ५.९५ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.५८ प्रतिशतले बढेको आज विकास बैंक ३.१६,हाईड्रो १.१६,लगानी ०.६०,जीवन बीमा १.४२,उत्पादन तथा प्रशोधन १.७२,लघुवित्त ०.६९,म्युचुअल फण्ड ०.०७,निर्जीवन बीमा ०.८८ र अन्य समूह १.३५ प्रतिशतले बढे ।  

New Office
CG Motors
Garima Development Bank

आज होटल्स एण्ड टुरिजम र व्यापार समूहमा मात्रै गिरावट आयो । यी समूह क्रमशः०.०८ प्रतिशत र ०.०४ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयरको सर्वाधिक कारोबार भयो । आज यो कम्पनीको प्रमोटर सेयरको ९५ करोड २० लाखको कारोबार भएको छ ।  

यस्तै गोर्खाज फाइनान्सको १९ करोड ४ लाख,सूर्यज्योति लाइफको ११ करोड २९ लाख,सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख र नेपाल फाइनान्सको ८ करोड ७९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ७ वटा कम्पनाीको सेयरमूल्यमा सकारात्मक ससर्कट लागेको छ । आज नेपाल फाइनान्स,पोखरा फाइनान्स,जानकी फाइनान्स र गुराँस लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

त्यस्तै मानुषी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत,विन नेपाल लघुवित्तको ९.७४ र दोल्ती लघुवित्तको सेयरमूल्य ९.५५ प्रतिशतले वृद्धि भएको छ ।  

आज तारागाँउ रिजेन्सी होटलको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यो दिन कालिका लघुवित्तको सेयरमूल्य ४.३५ प्रतिशत र सूर्यज्योति लाइफको सेयरमूल्य २.७६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.