बुधबार, श्रावण २०,२०८३ 01:59:40
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:59:40
Bizshala
Global IME Bank Limited

इन्ट्रा डे करेक्सन हुँदै अघि बढ्दै नेप्से, ७ कम्पनीको सेयरमा अपर सर्किट

इन्ट्रा डे करेक्सन हुँदै अघि बढ्दै नेप्से, ७ कम्पनीको सेयरमा अपर सर्किट
New Office

काठमाण्डौ । आज नेप्से परिसूचक इन्ट्रा डे करेक्सन हुँदै अघि बढिरहेको छ । प्रि–ओपन सेशनमा ८.३१ अंकले बढेको नेप्सेमा आज सुरुवातदेखिनै गिरावट आएको थियो ।  

कारोबार भएको साढे २ घण्टाको अवधिमा नेप्से परिसूचक हरियो बनेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ०.४२ प्रतिशत अर्थात ११.३० अंकले बढेर २ हजार ६७२.४० विन्दुमा कारोबार भईरहेको छ । नेप्सेमा २ करोड ४० लाख कित्ता बढी सेयरको १० अर्ब १० करोड बढीको कारोबार भएको छ । यतिबेलासम्म १३२ कम्पनीको सेयरमा हरियाली छाएको छ भने ९९ वटामा रातो पोतिएको छ ।  

आज नेप्से परिसूचक १२.४० मिनेटमा घटेर २६०९ विन्दुसम्म झरेको थियो । त्यसपछि भने नेप्सेले क्रमशःसुधार गर्दै माथिको यात्रा तय गरिरहेको छ ।  

अहिलेसम्म ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स,सान्जेन जलविद्युत,मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयरहाउजिङ,सिईडिबि हाईड्रोपावर,मध्य भोटेकोशी र समृद्धि फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

एशियन हाईड्रो भने सर्वाधिक गुमाउने कम्पनी बनेको छ । यो कम्पनीको सेयरमूल्य ९.६६ प्रतिशतले घटिसकेको छ ।  

सर्वाधिक कारोबार गर्नेमा भने हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको अहिलेसम्म २६ करोड ८ लाख बढीको कारोबार भएको छ ।  

विगत केहि दिनदेखि निरन्तर वृद्धि भईरहेको नेप्सेमा हिजो भने दोहोरो अंकको करेक्सन आएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.