बिहीबार, बैशाख ३१,२०८३ 06:50:47
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:50:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२९ सय विन्दुबाट झर्यो नेप्से, ‘लगातारको बिदा र नाफा बुकका कारण बजारको लय परिवर्तन’

Laxmi Sunrise Bank Limited
२९ सय विन्दुबाट झर्यो नेप्से, ‘लगातारको बिदा र नाफा बुकका कारण बजारको लय परिवर्तन’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक २.६८ प्रतिशत अर्थात ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.७२ प्रतिशतले घटेर ५१९.३४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३३ वटा स्क्रिप्टको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर १९ अर्ब ७४ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘लामो समयसम्म तीव्र गतिमा बढेको बजारमा आज उच्च नाफा बुक भएको छ । धेरै जसो लगानीकर्ताले बजार घटेपछि सेयर बिक्री गर्ने भएकाले समेत आज बजारमा बिक्री दबाब हाबी भएको छ ।’

आज १ बजेतिर सम्हालिन खोजेको बजारमा पछि बिक्री दबाब आएको भएतापनि बजार बुलिस नै भएको उनले बताए । बजार २६५० विन्दुसम्म आएपनि प्राविधिक रुपमा त्यो बुलिस भित्रकै करेक्सन हुने पौडेल दाबी गरे ।  

अर्का बजार जानकार महेश रिजालले ३ हजार विन्दुमा प्रतिरोध सामना गरेको बजारमा आज बिक्री दबाब देखिएको बताए । ‘गत शुक्रबार नेपाल उद्योग व्यवसाी महासंघको कार्यक्रममा प्रधानमन्त्री आएर पूँजी बजारका विषयमा केही बोल्ने अपेक्षामा रहेका लगानीकर्ता उनको अनुपस्थितीले निराश बन्दा बजारमा केही दबाब आएको छ । यसका साथै लगातार बिदा परेका कारण पनि बजारको लय परिवर्तन भएको देखिन्छ ।’

यद्यपी स्थिर सरकार र घट्दो ब्याजदर भएका कारण आत्तिनु पर्ने कुनै कारण नभएको रिजाल बताउँछन् ।  

Bizshala
New Office
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लघुवित्त समूह मात्रै १.०८ प्रतिशतले बढ्यो ।  

यस्तै आज लगानी समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.८३ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ३.३१ प्रतिशत,विकास बैंक २.४४, वित्त ३.५०,होटल २.३८,जीवन बीमा २.५०,उत्पादन तथा प्रशोधन १.९८,म्युचुअल फण्ड १.५९,निर्जीवन बीमा २.३२,अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । अपि पावरको आज ८४ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । यस्तै हिमालयन रि इन्स्योरेन्सको ७३ करोड ३१ लाख,साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५१ करोड ९५ लाख,अरुण भ्याली हाईड्रोको ३७ करोड १६ लाख र शिवम् सिमेन्टको ३२ करोड १८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

धौलागिरी लघुवित्तको सेयरमूल्य ८.१४ प्रतिशतले बढेको आज कर्पोरेट डेभलपमेन्ट बैंकको ७.२१ प्रतिशत,सप्तकोशी डेभलपमेन्ट बैंकको ६.९५ र समाज लघुवित्तको सेयरमूल्य ६.८० प्रतिशतले बढ्यो ।  

यो दिन मन्दाकिनी हाईड्रो पावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.