बुधबार, असार १०,२०८३ 04:01:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:01:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’

Laxmi Sunrise Bank Limited
झिनो अंकले घट्यो नेप्से,जानकार भन्छन्,‘बजार केहि समय साइडवेज जान सक्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज बजार १.७६ अंक अर्थात ०.०८ प्रतिशतले घटेर २ हजार ३३.०६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु)भन्छन्,‘बजार पछिल्लोपटकको बढोत्तरीबाट ५० प्रतिशत करेन्सन भईसकेको छ । यस हिसाबले बजार बलियो सपोर्ट जोनमा छ । अहिले अल्पकालिन ट्रेडरहरु प्रवेश गर्न सक्ने समय हो ।’

New Office
CG Motors
Garima Development Bank

अब बन्ने क्यानडल बुलिस बनेमा बजारले पुनःमाथिको यात्रा तय गर्ने थापा बताउँछन् ।  

अर्का बजार जानकार महेश रिजाल बजार बढ्नलाई गुड न्यूज आवश्यक रहेको बताउँछन् । ‘अहिले सकारात्मक र नकारात्मक केहि पनि छैन । त्यसैले बजार केहि समय साइडवेज जान सक्छ ।’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै वृद्धि देखियो भने अन्य सबै समूहमा भने रातो पोतियो । आज अन्य समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह १.१० प्रतिशतले बढ्यो ।  

त्यस्तै विकास बैंक समूह ०.२५, वित्त ०.७२ उत्पादन तथा प्रशोधन ०.७१ र लगानी ०.१८ प्रतिशतले बढे ।  

आज बैंकिङ समूह ०.४२,होटल ०.१८,हाईड्रो ०.३१,जीवन बीमा ०.४१,लघुवित्त ०.७४,म्युचुअल फण्ड ०.०५ र निर्जीवन बीमा उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको ३१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

यस्तै साना किसान लघुवित्तको १२ करोड ४० लाख, जोशी हाईड्रोको ८ करोड २० लाख,ङादी ग्रुप पावरको ६ करोड ४ लाख र दोर्दीखोलाको ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु) र समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्दै सकारात्मक सक्रिट लाग्यो ।  

यो दिन पिपुल्स पावरको सेयरमूल्य ७.९२ प्रतिशत र हिमालयन रिइन्स्योरेन्सको सेयरमूल्य ४.७६ प्रतिशतले बढेको छ ।  

आज ग्रिन लाइफ हाईड्रोको सेयरमूल्यमा १० प्रतिशतको गिरावटका साथ नकारात्मक सक्रिट लागेको छ । आज किसान लघुवित्तको सेयरमूल्य ७.७१ प्रतिशत,खानीखोला हाईड्रो ४.८३,आशा लघुवित्त ४.५७ र सामलिङ पावरको सेयरमूल्य ४.२५ प्रतिशतले घटेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.