बिहीबार, बैशाख ३१,२०८३ 06:49:59
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:49:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

झिनो अंकले बढ्यो बजार,‘अर्थ मन्त्रालयबाट नीतिगत सुधारको प्रतिक्षामा लगानीकर्ता’

Laxmi Sunrise Bank Limited
झिनो अंकले बढ्यो बजार,‘अर्थ मन्त्रालयबाट नीतिगत सुधारको प्रतिक्षामा लगानीकर्ता’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार ९८०.३४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘लगानीकर्ताले अर्थ मन्त्रालयबाट केहि नीतिगत सुधार चाहेका कारण बजारले गति लिन नसकेको हो । ब्रोकर कसमसन पनि घटेको छ । तर लागू भने हुन सकेको छैन । मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई राहात हुने गरी समीक्षा हुन आवश्यक छ ।’

अर्थमन्त्रालयले पूँजीगत लाभकर घटाउने तथा सेबोनको अध्यक्ष नियुक्त गर्ने काम यथाशिघ्र गर्नुपर्नेमा रौनियारले जोड दिए । यसरी लगानीकर्ताको मनोबल उकास्ने  काम सरकारबाट चाडै भएमा बजारले गति लिने उनले बताए ।  

बजार  जानकार विरेन्द्र विष्टको विचारमा पनि लगानीकर्तामा अन्यौलतमा रहेका कारण बजार बढ्न नसकेको हो । ‘अर्थमन्त्रीले लगानी सम्मेलनपश्चात लगानीकर्तासँग वार्ता गर्ने सुन्नमा आएको छ । त्यहि कारण लगानीकर्ता अपेक्षा गरेर बस्दा बजारमा खासै सुधार नआएको तर बजार घट्न भने रोकिएको छ ।’विष्टले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज बैंकिङ समूह ०.२९ प्रतिशत,विकास बैंक १.६६,वित्त ४.१७ र म्युचुअल फण्ड ०.३८ प्रतिशतले बढ्यो ।  

Bizshala
New Office
CG Motors

होटल समूह ०.६० प्रतिशतले घटेको आज हाईड्रो ०.५०,लगानी ०.०१,जीवन बीमा ०.२५,उत्पादन तथा प्रशोधन ०.०६,निर्जीवन बीमा ०.५१ र अन्य समूह ०.८२ प्रतिशतले घट्यो । यो दिन लघुवित्त पनि ०.२० अंकले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख,जानकी फाइनान्सको ९ करोड ३२ लाख,गोर्खाज फाइनान्सको ९ करोड ८ लाख र मल्टीपर्पस फाइनान्सको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्सकोे सेयरमूल्य १० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो ।  

यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.६१ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.९९ प्रतिशतले बढ्यो ।  

आज पिपुल्स पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ६ प्रतिशतको गिरावट आएको छ ।  

त्यस्तै इष्टर्न हाईड्रोपावरको सेयरमूल्य ३.८१ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ३.२१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.