बिहीबार, बैशाख ३,२०८३ 09:25:57
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 09:25:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’

Bizshala
नेप्सेमा झिनो अंकको करेक्सन,‘अपर तामाकोशीका कारण बजारमा दवाब’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचकमा झिनो अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक २.४८ अंक अर्थात ०.११ प्रतिशतले घटेर २ हजार १०८.७२ विन्दुमा सीमित बन्न पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३७४.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० वटा कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘बजारमा सबै माहोल सकारात्मक नै छ । बजार अझै पनि गुड न्यूजको प्रतिक्षामा छ । आज सरकारले विश्वासको मत लिएको पनि छ । अर्थमन्त्रीले पनि सेयर बजारको सुधारका लागि पहल गरिरहेका छन् । त्यसैले बजार मजबुत रहने देखिन्छ ।’

यद्यपि आज लगानीकर्ताले नाफा बुक गरेका कारण बजारमा केहि गिरावट आएको उनले बताए । पौडेलले यसपालि बजार सहजै २२ सयको विन्दु पार हुने अनुमान गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेल पनि आज बजारमा नाफा बुक भएको बताउँछन् ।‘आज बजार खासगरी अपर तामाकोशीको सेयरको सप्लाईले दवाबमा देखियो । यद्यपि बजार करेक्सन हुँदै २३ सयभन्दा माथि नै लाग्ने देखिन्छ ।’गजुरेल बताउँछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतिएको छ । आज सबैभन्दा धेरै वृद्धि वित्त समूहमा देखिएको छ । वित्त समूह २.३२ प्रतिशतले बढेको आज विकास बैंक ०.३५,जीवन बीमा ०.०९,लघुवित्त ०.४४,म्युचुअल फण्ड ०.४० र अन्य समूह ०.४६ प्रतिशतले वृद्धि भएको छ ।  

आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै अर्थात १.१४ प्रतिशतको गिरावट आएको छ । यो दिन बैंकिङ समूह ०.१०, हाईड्रो १.०९,लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.१४,निर्जीवन बीमा ०.५५ र व्यापार समूह ०.११ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको २५ करोड ५३ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोनापुर मिनरल्सको २० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ६३ लाख, अपर तामाकोशीको १५ करोड ५४ लाख र गोर्खाज फाइनान्सको १३ करोड ७७ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक वृद्धि भएको छ । यो संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ९.५८, आत्मनिर्भर लघुवित्तको ९.२२, समाज लघुवित्तको ९.०३ र जनउत्थान लघुवित्तको सेयरमूल्य ७.८९ प्रतिशतले बढेको छ ।  

आज अपर तामाकोशीको सेयरमूल्य १० प्रतिशतले घटेर  नकारात्मक सर्किट लागेको छ । यो दिन दोर्दी खोला जलविद्युतको सेयरमूल्य ४.५७ प्रतिशत र बलेफि हाईड्रोको सेयरमूल्य ३.०९ प्रतिशतले घटेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.