काठमाण्डौ । सेयर बजार आजसहित लगातार ४ दिन घटेको छ । आज नेप्से परिसूचक ३२ अंकले घट्यो । प्राविधिक रुपमा अजाको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।
त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ । अपर ब्याण्ड र लोअर ब्याण्ड फराकिलो हुँदै गएको छ । यसले बजारमा उतारचढाव बढ्दै गएको बुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ४३ को तहमा घट्दो क्रममा रहेको छ ।
आज बजार घट्दा कारोबार पनि घटेको छ । पिभट् मार्फत नियाल्दा आज पहिलो सपोर्ट भत्काएको बजारले अबको दोस्रो सपोर्ट २६२४ र तेस्रो सपोर्ट २५९० विन्दुमा लिन सक्छ । यदि बजार बढेमा भने क्रमशः २७०७, २७५६ र २७९० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण लगानीका लागि सिफारिस भने होइन ।