शनिबार, फाल्गुन १०,२०८१ 09:22:42
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:22:42
IME remit
Global IME Bank Limited

अहिलेको बुल ३६ सय विन्दु माथिसम्म पुग्न सक्ने, यस्ता छन् आधारभूत तथा प्राविधिक आधार

Hyundai Nepal
अहिलेको बुल ३६ सय विन्दु माथिसम्म पुग्न सक्ने, यस्ता छन् आधारभूत तथा प्राविधिक आधार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन मात्रै कारोबार भयो । इन्द्रजात्रा र संविधान दिवसको कारण सेयरबजारमा बन्द रह्यो । तीन दिनको कारोबारमा बजार ३ दिन नै  घट्यो  । अघिल्लो साता २६ सय ८८ को विन्दुमा बन्द भएको बजार यो साता २५ सय ७६  को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा १११.७९ अंकका गिरावट आयो । अघिल्लो साता पनि ३८.८३ अंकले बजार घटेको थियो ।

यो साताको ३ दिन कारोबारमा २३.३७ अर्बको कारोबार भयो । अघिल्लो साता यस्तो कारोबार ४१ खर्ब ८२ अर्बबराबर भएको थियो । यस हिसाबले यो साता नेप्से घट्दा कारोबार पनि घट्यो । यो साता बजार पूँजीकरण ४० खर्ब ९७ अर्ब पुग्यो । यस्तो बजार पू्ँजीकरण अघिल्लो साता ४२ खर्ब ७४ खर्ब रुपैयाँ रहेको थियो । यस हिसाबले यो साता नेप्से घट्दा बजार पूँजीकरण १ खर्ब ७७ अर्बले घट्यो । यो साता पनि नेप्से घट्दा बजार पू्ँजीकरण र कारोबार दुवै घट्यो ।  

प्राविधिक पक्षः  

इलअिट वेभमा वभिन्नि डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एक दनिदेखि एक सय वर्षसम्मको समय अबधलिाई प्रतिनिधित्व गर्छन् । इलअिट वेभमा मूल्य माथि जान ५ फरक÷फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ मा करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

इलिअट वेभको आधारमा हालको बजारको अबस्था कस्तो ?

नेपालको सेयर बजारको पछिल्लो अवस्था इअिट वेभ मार्फत नियाल्दा माइनर डिग्रीको चौंथो वेभको करेक्सनले बजार २५५०  सम्म आएको देखिन्छ । बजारलाई पछिल्लो पल्टको न्युन विन्दु १८०० देखि ३००० सम्मको विन्दुलाई इलिअट वेभका सिद्धान्त र गाइडलाइन अनुसार हेर्दा वेभ १ मा बजारले ४ महिनाको समय अवधि लगाएर १८ सयदेखि २२ सयसम्म पुग्यो ।  

त्यस पछि ३ महिनाको समय अवधि लगाएर बजार वेभ २ मा १९६० सम्म आयो । त्यस पछि २०८१ सालको वैसाखदेखि भदौसम्म ४ महिनाको नै समय लगाएर वेभ ३ को बढोत्तरीमा बजार ३ हजारसम्मको विन्दुसम्म पुग्यो । त्यस पछि हालको करेक्सन फिवोनासीको ५० प्रतिशतसम्म करेक्सन भएर २५५० सम्म आयो ।  

यो भनेको इलिअट वेभको सिद्धान्तअनुसार वेभ ४ मा बजार ३८ प्रतिशतदेखि ५० प्रतिशतसम्म करेक्सन हुन सक्छ भन्ने सिद्धान्तमा नै नेपालको बजार चलेको देखिन्छ । यस हिसाबले अहिलेसम्म बजारले बनाएको चक्रको आधारमा अब वेभ ५ को बढोत्तरीमा बजारले अल टाइम हाइए बनाएर पाँचौ वेभमा ३६ सय सम्मको विन्दु पुग्न सक्ने देखिन्छ । जुन भनेको पाँचौ वेभ विस्तार हुने र त्यस पछि एबीसीको करेक्टिभ मोड चल्न सक्ने देखिन्छ ।

आधारभूत रुपमा अहिलेको बजारको अवस्था कस्तो ?

सेयर बजार र ब्याजदरको सम्बन्ध जहिले पनि विपरित हुन्छ । हाल बैंकिङ प्रणालीमा प्रयाप्त तरलता र न्यून ब्याजदर रहेको छ । राजनीतिक तथा आर्थिक रुपमा पनि सहज वातावरण नै रहेको दखिन्छ । देश भित्र हाल लगानी प्रभावित पार्ने कुनै पनि अशान्ति, हड्ताल र असहजताको वातावरण पनि छैन । त्यसैल अहिले आधारभूत रुपमा पूँजीबजारमा लगानी गर्न कुनै किसिमको अनसिस्टेमेटिक जोखिम रहेको देखिदैन । यद्यपी सेयर बजारमा सिस्टोमेटिक रिक्स भने संधै रहेको हुन्छ ।  

बोलिङ्गर ब्याण्ड, म्याक्डी र एमएफआई

बोलिङ्गर ब्याण्डको आधारमा हाल नेप्से तल्लो ब्याण्डमा चलेको छ । साताको अन्तिम कारोबारमा बजारले डोजी प्रकृतिको क्याण्डल बनाएको छ । म्याक्डीमार्फत नियाल्दा यस अघि बनेको वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम छोटा–छोटा र फिक्का हुँदै गएका छन् । मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन २० बाट फर्केर हाल ३३ को विन्दुमा पुगेको छ । अर्थात बजार मनी फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स बनेको छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २९२३

प्रतिरोध २ – २८४२

प्रतिरोध १–  २७४५

पिभट प्वइन्टः २६८३

घटेमा सपोर्ट  

सपोर्ट १– २६०६

सपोर्ट २– २५२५

सपोर्ट  ३ –२४४८

निष्कर्षः   साप्ताहिक रुपमा बजारलाई नियाल्दा यो सातासम्म बजार लगातार ५ साता लगातार करेक्सन आएको छ । तर यो साता भने बजार २५५० को विन्दुमा सपोर्ट लिएर २५७६.७६  को विन्दुमा बन्द भएको छ । साप्ताहिक रुपमा भने  बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यो साता भोल्युम निकै ड्राइ भएको छ ।  

इलिअट वेभबाट बजारलाई नियाल्दा बजारले करिब माइनर डिग्रीको करेक्नसअन्तर्गत ‘सी’ वेभको करेक्सन करिब २५०० आसपासमा सकिदै गरेको भन्न सकिन्छ । जसमा वेभ ‘ए’ बराबर वेभ ‘सी’ हुन्छ भन्ने सिद्धान्तको आधारमा पनि बजरमा करिब बटम लागेको पुष्टि हुन्छ । जसलाइ आगामी साताको कारोबारले थप पुष्टि गर्नेछ । मनी फ्लो इन्डेक्सले भने बजारमा बुलिस डाइभर्जेन्स बनाएको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण, हुन्छ यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.