काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार अन्त्यमा ३३ अंकले घटेर बन्द भएको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब रहेको देखिन्छ ।
डेली बेसमा आजको बजारलाई नियाल्दा आज नेप्से तल्लो ब्याण्डमा चलेको देखिन्छ । आजको बजारलाई आवरली बेसमा नियाल्दा अन्तिम समयमा बजार केही सम्हालिन खोजेको देखिन्छ । तर यसको निश्चितताको लागि भने अझै पनि आगामी दिनका कारोबारलाई नियाल्नु पर्ने हुन्छ । म्याक्डीमार्फत नियाल्दा बजारमा केही समय पहिले बनेको बनेको बियरिस क्रसओभर भ्यालिड नै छ ।
हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोन नजिक ३६ को विन्दुमा पुगेको छ । यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन ३० भन्दा पनि तल जान सक्छ । पिभट् मार्फत नियाल्दा यदि बजार घटेमा क्रमश ः २५८४ , २५३८ र २५०८ विन्दुमा सपोर्ट लिन सक्छ । यस्तै बढेमा २६६०, २६९१ र २७३७ विन्दुमा क्रमश प्रतिरोध सामाना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।