बिहीबार, बैशाख ३१,२०८३ 06:49:57
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:49:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’

Laxmi Sunrise Bank Limited
आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १५.६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा सीमित बनेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३४७.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘आज केहि ट्रेडर हाबी बन्दा बजार घटेको हो । आज फाइनान्स र विकास बैंकमा नाफा बुक  हुँदा बजार घट्न पुगेको हो । अब केहि बजारका लागि केहि सकारात्मक विषयहरु पनि आउँदैछन् । ब्रोकर कमिसन घट्ने भएको छ र बजेटमार्फत पनि केहि सुधार हुन सक्ने देखिन्छ ।’  

प्राविधिक रुपमा अहिले १९५० को सर्पोट जोनमा रहेको यहिबाटै पनि बजार फर्कन सक्ने र अधिक करेक्सन भएको खण्डमा १९१० देखि १९ सयसम्म पनि बजार आउन सक्ने थापाले बताए ।

अर्का बजार जानकार दामोदर गजुरेलले सरकारको अस्थिरता र नीतिगत अस्पष्टताका कारण केहि दिनदेखि बजार घटिरहेको बताए । ‘माओवादी सरकारसँग मारवाडी समूदायले विस्वस्त हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा पैसा भएतापनि बजारमा आउन सकेन । यद्यपी अब बजेट आउँदै गर्दा नेप्से धेरै घट्ने ठाउँ देखिन्न ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये विकास बैंक समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज विकास बैंक समूह ०.२३ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह १.९६ प्रतिशतले घट्यो ।  

Bizshala
New Office
CG Motors

त्यस्तै बैंकिङ समूह ०.६३, वित्त १.९६, होटल ०.१६,हाईड्रो ०.४४,लगानी ०.६१,जीवन बीमा ०.४६,उत्पादन तथा प्रशोधन ०.२८,लघुवित्त १.८१,म्युचुअल फण्ड ०.१४,निर्जीवन बीमा १.०८,अन्य १.६८ र व्यापार समूह ०.७९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिटिजन लाइफको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको ३१ करोड ९८ लाख बढीको सेयर कारोबार भयो । यो दिन नेपाल फाइनान्सको १० करोड ८१ लाख,पोखरा फाइनान्स ९ करोड ८० लाख, हिमालयन रिको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ९.०३ प्रतिशतले बढ्यो । आज माउन्टेन हाईड्रोको सेयरमूल्य ८.५२ प्रतिशत,सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ५.१३,दिव्यश्वरी हाईड्रोको ४.९२ र बाराही हाईड्रोको सेयरमूल्य ४.०५ प्रतिशतले बढ्यो ।  

आज पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यससँगै आज यी दुवै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो ।  

त्यस्तै आज पिपुल्स पावरको सेयरमूल्य ७.९४ र समता घरेलु लघुवित्तको सेयरमूल्य ६.३० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.