शुक्रबार, आश्विन ९,२०८३ 12:50:29
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 12:50:29
Bizshala
Global IME Bank Limited

आज पनि नेप्सेमा सामान्य अंकको बढोत्तरी,‘मौद्रिक नीति समीक्षाको प्रतिक्षामा लगानीकर्ता’

Bizshala
आज पनि नेप्सेमा सामान्य अंकको बढोत्तरी,‘मौद्रिक नीति समीक्षाको प्रतिक्षामा लगानीकर्ता’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४.९२ अंक अर्थात ०.२३ प्रतिशतले बढेर २ हजार ०९०.६४ बिन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ३७७.९५ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आजको बजार बारे बजार जानकार प्रेम वली भन्छन्,‘आज कारोबार सामान्य बढेको छ । तर बजारमा उत्साह भने आउन सकेन । लगानीकर्ता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कुरेर बसेका छन् । यसकारण लगानीकर्ताले सस्तोमा सेयर बेच्न चाहेनन् र आज पनि बजारमा मौलमलाई नै चल्यो ।’

अर्का बजार जानकार नयन बास्तोला भन्छन्,‘लगानीकर्ताले अर्धवार्षिक समीक्षा कुर्दा बजारले सोचे अनुरुप गति लिन नसकेको हो । लगानीकर्ताले मौद्रिक समीक्षामार्फत जोखिम भार घटाउने र १५/२० को क्याप हट्ने अपेक्षा गरेका छन् । ’

आज नेप्सेमा सूचीकृत १३ वटा उपसूचकमध्ये ७ वटामा हरियाली छायो भने अन्यमा रातो पोतिएको छ । आज होटल उपसूचकमा सबैभन्दा वृद्धि देखिएको छ । होटल उपसूचक १.५० प्रतिशतले बढेको आज बैंकिङ ०.२६,विकास बैंक ०.३०,हाईड्रो ०.९४, लगानी ०.४०,जीवन बीमा १.२९ र म्युचुअल फण्ड ०.४२ प्रतिशतले बढे ।  

यो दिन वित्त उपसूचक ०.०४,उत्पादन तथा प्रशोधन ०.१७,निर्जीवन बीमा ०.३९ अन्य १.५३ र व्यापार उपसूचक ०.१२ प्रतिशतले घटे । लघुवित्त उपसूचक पनि ०.१८ अंकले घटेको छ  ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज पनि हिमालयन रि इन्स्योरेन्सको सार्वधिक सेयर कारोबार भएको छ । कम्पनीको आज २४ करोड ८२ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै,रिलायबल नेपाल लाइफको ६ करोड २४ लाख,ङादी ग्रुपपावरको ६ करोड ५९ लाख,हाथवे इन्भेष्टमेन्टको ६ करोड ११ लाख र सोनापुर मिनिरल्सको ५ करोड ८६ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सक्रिट लागेको छ । आज गुराँस लघुवित्त,समाज लघुवित्त,बुद्धभुमी नेपाल हाईड्रोपावर र इस्टर्न हाईड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

त्यसैगरी एशियन हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत,पिपुल्स पावरको ६.३९ र ईङवा हाईड्रोको सेयरमूल्य ६.०१ प्रतिशतले बढ्यो ।  

आज युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.२५ प्रतिशतको गिरावट आएको छ ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.