आईतवार, फाल्गुन ११,२०८१ 02:51:42
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:51:42
IME remit
Global IME Bank Limited

उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘सरकारप्रति बढेको विश्वासका कारण बजारले नकारात्मक विषय पचाईसक्यो’

Hyundai Nepal
उच्च कारोबारसहित नेप्सेमा उछाल, जानकार भन्छन्,‘सरकारप्रति बढेको विश्वासका कारण बजारले नकारात्मक विषय पचाईसक्यो’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.४१ प्रतिशत अर्थात ९४.५३ अंकले बढेर २ हजार ८६०.९१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ प्रतिशतले बढेर ५०१.९१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ६ करोड १ लाख ३१ हजार ६४६ कित्ता सेयर २५ अर्ब ६० करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत साउन २२ पछिकै उच्च कारोबार हो । त्यसबेला २३ अर्ब ७१ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘आज बजार बढ्नुमा सरकारप्रति लगानीकर्ताको विश्वास बढ्नुनै मुख्य कारण हो । बजारले नकारात्मक समाचारलाई पचाएको छ । ट्रेडरहरुले नाफा बुक गर्दै फेरि बजार पसेका छन् । भोल्युमले समेत बजारलाई दरिलो साथ दिएको छ । केही नबढेका सेक्टर समेत आज बढेका छन् । यस्तो सरकारप्रतिको विश्वासका कारण भएको मान्न सकिन्छ ।’

बजार बीचबीचमा करेक्सन हुँदै आजकै सेन्टिमेन्ट कायम रहेको अवस्थामा  बजारले अल टाइम हाईको उचाई हासिल गर्न सक्ने दाबी पौडेलले गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेलका अनुसार पनि आम लगानीकर्ताको मनोविज्ञान सरकारप्रति सकारात्मक भएका कारण बजारमा उच्च अंकको वृद्धि देखिएको छ । ‘आजको बजारको वृद्धिमा मुख्य गरेर २ वटा विषयले काम गरेको छ । एउटा भनेको आज बजारमा कारोबार तथा भोल्युम बढ्नु हो र अर्को भनेको यसअघिको २८१५ को प्रतिरोधलार्इ  ब्रेक गरेर बजार माथि जानु हो । यसले बजारमा खरिदकर्ता हाबी भएको मान्न सकिन्छ,’ गजुरेलले भने ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । यो समूह आज ४.५५ प्रतिशतले बढेको छ । यस्तै आज बैंकिङ समूह ३.५५ प्रतिशत,विकास बैंक २.५८, वित्त ३.४८,होटल ०.९०, हाईड्रो ३.९३,लगानी ४.१२,उत्पादन तथा प्रशोधन १.७५,लघुवित्त ४.४०,म्युचुअल फण्ड ०.०१,निर्जीवन बीमा ३.४५ र अन्य समूह २.५१ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । शिवम् सिमेन्टको आज १ अर्ब १६ करोड निफ्राको ६८ करोड २७ लाख,नेपाल फाइनान्स ५९ करोड ७४ लाख र अपर तामाकोशीको ५५ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २१ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेशनल हाईड्रोपावर,नेरुडे मिर्मिरे लघुवित्त,एचआईडीसीएल,खानीखोला हाईड्रो,आँखुखोला जलविद्युत,अपर तामाकोशी,शुभम् पावर,आत्मनिर्भर लघुवित्त,मि सोलु हाईड्रोपावर,युनाइटेड इदी मर्दी, सिंगटी हाईड्रोपावर,रिडी हाईड्रोपावर,अरुण भ्याली हाईड्रो,एनआईसी एशिया लघुवित्त,हिमाल दोलखा हाईड्रो,अरुण काबेली पावर,शिवश्री हाईड्रो,निफ्रा,थ्रि स्टार हाईड्रो,सगरमाथा जलविद्युत कम्पनी र मन्दाकिनी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको गिरावट आयो । यससँगै आज यो कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.